तत्काल अनेरास्ववियू बाँकेको समस्या हल नभए बाध्य भएर समानान्तर कमिटी गठन गर्ने : बम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भातृ संगठन को एकीकरण प्रक्रिया अन्तर्गत बाँके जिल्ला अनेरास्ववियूको एकता प्रक्रिया मा विवाद आएको छ , अनेरास्ववियु बाँके को एकता मा संयोजक  र सह संयोजक ले बिधिप्रकृया बिधान एकताको सर्कुलर र संगठनका स्थापित मान्यता भन्दा बाहिर गएर मनोमानिगरेको कुरा अनेरास्ववियु का केन्द्रिय सदस्यहरु राजेन्द्र बिष्ट , मोहित शाह, र सुर्य रोकाया द्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघठनको एकता भन्नाले साबिक को अनेरास्ववियु जिल्लाकमिटी र साबिक को अखिल क्रान्तिकारी जिल्ला कमिटीको एकता हुनु पर्ने हो तर संयोजक र सह संयोजकले संगठनको विधि बिधान र सर्कुलर भन्दा बाहिर गइ  निजि कम्पनीले कर्मचारी भर्ती गरेको सैलिमा संगठनको कुनै पनि कमिटीमा नबसेका हरुको नाम कथित एकताका रुपमा प्रकासित गरेको आरोप विद्यार्थी नेता मर्मजङ्ग बमले लगाउनु भएको छ |

विद्यार्थी नेता मर्मजङ्ग बमका अनुसार, असन्तुष्ट पक्षले आफ्नो असहमति पत्र जिल्ला पार्टी र संगठनको केन्द्रिय कार्यलय मा दर्ज गरि सकेका छन| छलफल का लागि १/२ दिन पर्खिने र पार्टी तथा केन्द्रीय कमिटीबाट समस्याको हल नभएमा बाध्यभएर साबिक को अनेरास्ववियु जिल्ला कमिटी र साबिक को अखिल क्रान्तिकारी जिल्ला कमिटी एकताको घोषण गर्ने असन्तुष्ट पक्ष बाध्य हुने कुरा असन्तुष्ट पक्षका  विद्यार्थी नेताहरूले नेपालगन्ज टाइम्सलाई बताएका  छन् | हाम्रो अनलाइनलाई  गोप्य जानकारी अनुसार सामानान्तर कमिटिका लागि अनेरास्ववियुका असन्तुष्ट पक्षका नेताहरू तयारी अबस्थामा रहेका छन् |

प्रतिक्रिया