टिएसएलसी सरहका कार्यक्रम नहटाउनका लागि सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 

नेपालगन्ज – बाँकेका निजी प्राविधिक शिक्षालयहरुले विकल्प विना नै सीटीईभीटी अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एस एल सी (सी) सरहका कार्यक्रम सरकारले खारेजी गर्न लागेकोप्रति गम्भीर बन्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एस एल सी सरहका कार्यक्रम खारेज हुँदा देशभरका एक सय ३७ संस्था र दुई सय ३८ वटा कार्यक्रम बन्द हुने र तिनमा आबद्ध १० हजार भन्दा बढी व्यक्ति   बेरोजगार बन्नुपर्ने अवस्था आउने बताइएको छ ।

बाँकेका प्राविधिक शिक्षालयका प्रमुखहरुको सामूहिक हस्ताक्षर गरिएको पत्रमा कोभिड १९ को विषम परिस्थितिमा शैक्षिक संस्थाहरु थला परेको बेलामा डिप्लोमा तह भन्दा मूनिका कार्यक्रमहरु हटाउन लागेको प्रति घोर आपत्ति जनाउदै   तत्काल भर्ना प्रक्रिया सुचारु गर्न निर्देशन दिन र स्तरोन्नति गरिदिनका लागि जोडदार माग गरिएको छ ।
नेपालको वर्तमान परिस्थस्थिमा १८ महिनाको कोर्ष पूरा गरेका अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका जनशक्तिको आवश्यकता रहेको अवस्थामा एकाएक कार्यक्रम खारेज गरिनु दुर्भाग्यपूर्ण रहेको नेपालगन्ज टेक्निकल स्कुलका प्रिन्सिपल पबन कैरातीले बताए ।

सरकारले सरोकारवाला निकायहरु शिक्षामन्त्री, सिटिइभिटी, चिकित्सा शिक्षा आयोग तथा निजि प्राविधिक शिक्षालय महासंघ, प्राविधिक शिक्षा दिदै आएका शिक्षालयहरुसंग संयुक्त छलफलबाट फेज आउट गर्न खोजिएका कार्यक्रमहरुको समुचित र न्यायसंगत ढंगबाट व्यवस्थापन गरिनुपर्ने नेपालगन्ज टेक्निकल कलेजका प्रिन्सिपल  इन्जिनियर दामोदर ढकालले बताए ।
हेर्नुहोस् ज्ञापनपत्र –

Loading…

प्रतिक्रिया