जोर बिजोर नम्बरका आधारमा साउन ३१ गतेबाट बाँके जिल्ला भित्र सवारीसाधन चलाउन पाइने

नेपालगन्ज –  पछिल्लो समयमा बाँके जिल्लामा कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा लगायत एरिया समेत सील गरिएको छ । आज राति देखि सील गरिएको एरिया खुलाए पनि निषेधाज्ञा भने साउन ३० सम्म थपिएको छ ।

विभिन्न उद्योग, कलकारखाना, वित्तीय संस्थाहरुलाई सुरक्षाको प्रवन्ध मिलाएर भिडभाड नगराइ खोल्न अनुमति दिइएको छ भने सवारीसाधनको हकमा भने साउन ३१ गतेदेखि लागु हुनेगरी जिल्ला भित्र जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न पाउने व्यवस्था आज प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाहको अध्यक्षतामा कोभिड १९ व्यवस्थापन तथा नियन्त्रण टीमले निर्णय गरेको छ ।
हेर्नुहोस् सूचना :

Loading…

प्रतिक्रिया