जोखिम भत्ता उपलब्ध गराउनुपर्ने भन्दै वीर अस्पतालमा तालाबन्दी

नेपालकै ठूलो र विश्वासिलो मानिने वीर अस्पतालमा जोखिम भत्ता र नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका छन् ।  

आन्दोलन सुरु गरेको ४२ दिन पुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्वास्थ्यकर्मचारीको मागलाई सम्वोधन नगरेको भन्दै डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी गर्न अस्पतालले बाध्य बनाएको अस्पतालका कर्मचारी तथा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्यले बताए ।

नेपाल स्वास्थ्यकर्मी संघ युनियनको आइतबार बसेको बैठकले पदाधिकारीको कक्षमा आजै तालाबन्दी गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए । अस्पतालमा धर्नासहित, प्लेकार्ड प्रदर्शन गरेर पदाधिकारीविरुद्ध नाराबाजी गरे पनि कुनै सेवा भने अवरुद्ध नगरेका उनले बताए । पदाधिकारीहरुको कक्षमा तालाबन्दी गरे पनि स्वास्थ्य सेवा निरन्तर संचालन हुने उनले उनको भनाइ छ । 

 ४२ दिनयता दैनिक रुपमा अस्पताल परिसरमा स्वास्थ्यकर्मीले धर्नासहित नाराबाजी हुँदै आएको छ । 

प्रतिक्रिया