जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीद्वारा पक्राउ

सिरहाबाट जुवा खेलिरहेको अवस्थामा मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित होलिडे होटलमा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरु मिर्चैया नगरपालिका–८ बस्ने २१ वर्षीय सियाराम महतो, ३५ वर्षीय दिलिप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका–१ बस्ने ३२ वर्षीय नातिकाजी राई, उदयपुर कटारीका २५ वर्षीय बिशाल सुनार ३४ वर्षीय दानबहादुर राई२२ वर्षीय राजाराम साह  रहेका छन् ।

गोप्य सूचनाको आधारका इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले ८ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुको साथबाट १ लाख ६ हजार २९५ रुपैयाँ नगद  र ३ बुक तासको गड्डी समेत बरामद भएको छ ।

प्रतिक्रिया