
नेपालगन्ज : नेपालगन्जमा रहेको जिभिएन कलेज नेपालगन्जका विद्यार्थीले आज बर्दिया बाँसगढीस्थित सिजी फुडपार्कमा अवलोकन गरेका छन् ।
कलेजका संयोजक लोकराज देवकोटाको नेतृत्वमा गएका कलेजका मार्केटिङ्ग पढ्दै गरेका विद्यार्थीहरुले देशकै ठूलो औद्योगिक घरानाले निर्माण गरेको वाईवाई चाउचाउ उत्पादन हुने सिजी फुडपार्क अवलोकन गरेको हो ।
संयोजक देवकोटाका अनुसार विद्यार्थीलाई आफ्नो पाठ्यक्रम अनुसार उक्त क्षेत्रमा अवलोकन गराइएको बताउनुभयो । कोरोनाका कारण टाढा लैजाने वातावरण नभएको हुदा नजिकै लगेको उहाले बताउनुभयो ।