जब मलाई तपाई पोजेटिभ हुनुहुन्छ भनेर फोन आयो——— 

मलाई केही दिन देखि स्वास्थ्यमा केही समस्या थियो, मैले भाइरल ज्वरो हुनसक्छ भनेर तत्काल अस्पतालमा चिकित्सकलाई जाँच गराए र उहाँहरुको सल्लाह बमोजिम औषधि खादै आइरहेको थिए । उहाँहरुले एकपटक हजुरको पनि पिसिआर गर्नुपर्छ तर एकदुई दिन पछि भन्नुभयो मलाई केही राहात महसुस हुदै थियो तरपनि मैले हुन्छ भनेर स्वीकृति जनाए ।

हिजो अर्थात असोज २१ गते बिहान ८ बजे मलाई पिसिआर गर्न आउनु भन्ने अस्पताल प्रशासनबाट फोन आयो, म घरबाट स्वाव दिन गए त्यहाँ मेरो दाजु , आइसोलेसनमा काम गरेका  नर्सिङ बहिनीहरु पनि स्वाव दिन आएका थिए, अरु बाहिरका बिरामी र अस्पतालमा भर्ना भएका केही बिरामीको स्वाव तान्नुपर्ने रहेछ । मैले यसभन्दा पहिला दुई दुई पटक पिसिआर जाँच गराएको थिए त्यतिबेला नेगेटिभ आएको थियो म ढुक्क थिए यसपालि पनि नेगेटिभ आउछ भनेर !

त्यहाँ स्वाव दिने बहिनीहरुले पनि आफ्नो आफ्नो अड्कल बाजि गर्दै थिए यसपालि त मलाई पक्का आउछ मैले आइसोलेसनमा पोजेटिभ देखिएको बिरामीको सेवा गरेको थिए भनेर  मैले उनीहरुलाई तिमी हामी कसैको पोजेटिभ आउदैन बाजी राखौं भनेर मजाग गरेका थियौ । हामीहरु सबैको स्वाव लिने बेलासम्म हाँसेर र एकले अर्काको फोटो खिचेका थियौं ।

मैले अन्तिममा स्वाव दिने निर्णय गरेको थिए , त्यहा केही बिरामी अलि हतारमा देखिन्थे , स्वाव लिने डम्बर डाँगी भाइले सर हजुर  सुरुमा नै लिने भन्नू भयौ मैले हस भाइ अरुको लिनु मैले लास्टमा दिउला भनेको थिए । सोही अनुरुप अन्तिममा मैले दिएको थिए । मैले यसभन्दा अगाडि घाटीबाट स्वाव दिएको थिए यसपालि घाँटी र नाक दुवैबाट स्वाव तान्न भाइलाई भने उहाँले पनि सोही अनुरुप लिनुभयो ।

मेरो अफिसमा अति जरुरी काम भएको हुदा म अफिसमा गएर ५ वटा पत्र टाइप गरेर उक्त पत्र सम्बन्धि ठाउँमा पुर्याइदिन जिम्मेवारी दिए र म दिउँसो १ बजे घरमा खाना खान आएको थिए । खाना खाएपछि अब अफिस नजाने किनकि स्वाव दिएको थिए रिपोर्ट के आउछ अनिमात्र निर्णय गर्नुपर्ला भनेर घरमा आराम गरेको थिए ।

पिसिआरको रिपोर्ट मोबाइलमा आउछ भन्ने मलाई थाहा थियोे, जब पाँच बज्यो अब कतिबेला रिपोर्ट आउछ अनि नेगेटिभको सन्देश सामाजिक सञ्जालमा पोष्ट गर्छु भनेर प्रतीक्षा गरेर बसिरहेको थिए । मलाई ६:३० बजे कोहलपुर हस्पिटलको ल्याण्डलाईन नम्बरको फोन आयो रिपोर्ट हजुर खिम प्रसाद घिमिरे सर बोल्नु भएको हो भनेर मैले हो भने सर हजुरको रिपोर्ट पोजेटिभ आएको छ के सुनेको थिए, कोठामा  पंखा मुनि पल्टिएको  मलाई खलखल पसिना आयो म जस्तो अवस्थामा पल्टिएको थिए हलचल नगरी पल्टी रहे अनि नेगेटिभ त होइन पोजेटिभ भएको भनेर मेरा सम्पर्कमा आउनु भएका साथीहरूलाई पिसिआर गराउन सामाजिक सञ्जालमा मेसेज पोष्ट गरे ।

घरमा श्रीमती पनि थिइनन् उनी पनि जचाउन अस्पताल गएकी थिइन् छोरीहरुलाई भने उनीहरुले पत्ताएनन् अनि भगवान कसम खानुस भनेर सानी छोरीले ढिपी गरिन अनि मैले त्यही गरे र उनीहरु पनि आत्तिएको जस्तो लाग्यो । मैले जाउ तलको कोठा सफाइ गर म त्यही बस्छु भने म हलचल नगरी त्यही पल्टीरहे । त्यही बेलामा धम्वोझीबाट म बिरामी छु भनेर मलाई भेट्न रुपा र रुचा छोरीहरु आएका थिए उनीहरुले पनि थाहा पाएर मलाई केही हुदैन हामी छौ भनेर हौसला दिए र उनीहरुपनि गए।

मेरो मोबाइलमा घण्टी लगातार बज्न सुरु गरे मैले एउटासंग कुरा गरेर नभ्याउदै धेरै मेरा शुभचिन्तक, हितैशी, आफन्तजन सबैको एकोहोरो घण्टी बजिरह्यो धेरैलाई जवाफ फर्काउन नि सकिन धेरैले हौसला दिनुभयो, म आज उहाँहरुको ऋणी छु जसले मलाई हौसला दिनु भएको छ । मलाई अमेरिकीकामा बस्ने भान्जा, काठमाण्डौबाट जिफन्ट केन्द्रीय अध्यक्ष तथा माननीय बिनोद श्रेष्ठ सर, द आर्टअफ लिभिङका मेरा गुरु कञ्चन घिमिरे, मेरो जन्म स्थान गुल्मी देखि आफन्तजन, चिकित्सकज्यूहरु, शिक्षक साथीहरू , विद्यार्थी भाइबहिनीहरु, अफिसका साथीहरू , ट्रेड युनियनका साथीहरू , पत्रकार साथीहरू, प्रेस संगठन बाँके, मलाई घरमा औषधि ल्याइदिएर र हौसला दिने साथी कमल , सबै मेरा शुभेच्छुकहरु, बर्दिया, दाङ, बुटवल, कपिलवस्तु र मलाई नजिकैबाट चिन्ने सबैले फोन र मेजेन्जरमा, सामाजिक सञ्जालमा सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ यहाँहरु सबैको हौसलाले मैले छिट्टै कोभिड १९ लाई पराष्त गर्ने छु भन्ने दृढ विश्वास छ ।

प्रतिक्रिया