चिडिमार,मंगता,कुशबन्धिया समुदायको आर्थिक तथा सामाजिक अवस्था बारे सरोकारवाला निकाय संग एक दिने अन्तक्रिर्या कार्यक्रम ।

जयपती ढकाल बाँके -सिमान्तिकृत कुशबन्धिया ,मंगता,चिडिमार समुदायको आर्थिक तथा सामाजिक अवस्था प्रस्तुती तथा सरोकार वाला बिच एक दिने अन्तरक्रीया कार्यक्रम नेपालगन्ज होटल पाउना घरमा सम्पन्न भएको छ ।

सिमान्तिकृत कुशबन्धिया ,मंगता,चिडिमार समुदायको आर्थिक तथा सामाजिक अवस्थालाई सुधार्न र अल्पसंख्यक अति विपन्न समुदायको परम्परागत पुर्ख्यौली पेशा संरक्षणको क्षेत्रमा बिगत ३ बर्स देखि काम गर्दै आएको इको कोपरेसन तथा सहकर्मी समाज कोहलपुर बाकेको आर्थिक सहयोग र नेपालगन्ज टाइम्सको सह-आयोजनामा स्थानिय सीमान्तकृत समुदाय र सम्बन्धित सरोकारवाला निकाय बिच कुशवन्धिया,चिडिमार,मंगता समुदायको अवस्था,यस समुदायको दिगो जिबिकोपार्जनको लागि आगामी दिनमा सरोकारवाला निकाय र स्थानिय सरकारको भुमिका के रहने भन्ने विषयमा छलफल भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला विकास समन्वय समिती कार्यालय प्रमुख कार्यक्रमका प्रमुख अथिती अजय श्रीवास्तवले बाँकेमा वसोवास गर्दै आएका समुदायको बर्तमान अवस्था लाई मध्येनजर गर्दै थारु कुमाल कुशवन्धिया मंगता समुदायले चरा मार्ने ,मागेर खाने ,सिलौटा बनाउने परम्परागत पेशालाइ उद्धोगको रुपमा स्थापना गर्न आग्रह गर्नु भयो ।

पेशालाइ स्थापना गर्ने गरि योजना बनाएर आघी बढ्नु पर्ने सुझाव दिएका थिए।

साथै उहाले संगठित रुपमा ब्यबसाय संचालन गरे मुल्य एकरुपता तथा बजारको समस्या आफै हटेर जाने बताउनु भयो ।

कार्यक्रममा डिभिजन बन कार्यालय बाँके प्रमुख राजु क्षेत्रीले सिमान्तकृत समुदायको परम्परागत पेशाको लागि चाहिने आवास्यक कच्चा बन भित्र पाइने भएकोले बन जन्य पदार्थ प्रयोगमा प्रक्रियागत झन्झटिलो भएपनी बन पैदवार सदुपयोग गर्नको लागि बन ऐनमा ब्यबस्था गरेको बताउनु भयो ।

बन उपभोक्ता समुदाय सदस्य बनेर उहाले सामुदायिक बनले आफ्ना अति बिपन्न उपभोक्ताको लागि उद्धम बिकाश शिर्षकमा लगानी लगाउन सक्ने पनि क्षेत्रीले बताउनु भयो ।

त्यसै गरि कोहलपुर नगरपालिका अध्यक्ष लूट बहादुर रावतले नगरपालिकामा रहेका अल्पसंख्यक चिडिमार समुदायको पेशा संरक्षण गर्न आवस्यक रहेको बताउदै समुदायले पनि बर्तमान बजारमा प्रतिस्पर्धा गर्न सकिने उत्पादन समाग्री बजारमा कृषि खेती गर्ने कृषि फर्म बनाउने ब्यबसायको भबिस्य उज्ज्वल रहेको बताए ।

कार्यक्रममा चिदिमार समुदायको मुल समस्याको रुपमा चरा मार्ने पेशा सरकार बाट प्रतिवन्दितले संकटपुर्ण अवस्था,अधिकांस चिडिमार सुकुम्बासी भएकोले पेशाको बैकल्पिक पेशा अंगाल्दा आवास्यक शिप,लगानीको कमि ,उत्पादित कृषि र बटैर दिएर अझ शशक्त गर्ने बताउनु भयो ।

कार्यक्रमको अध्यक्ष्यता गरिराख्नु भएका सहकर्मी समाज बिरेन्द्रनगर ,सुर्खेत केन्द्रिय कार्यालय कोहलपुरका कार्यकारी निर्देशक अम्मर बहादुर ऎरले यस सिमान्तकृत समुदाय कोहलपुर नगरपालिका वडा नम्बर १४ र १५ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० जानकी गाँउपालिका वडा ३ र डुडुवा गाँउपालिका वडा नम्बर ४ र ६ मा बिगत ३ बर्षदेखि आर्थिक सशक्तीकरण ,नेतृत्व बिकास,शिक्षा ,स्वास्थ ,कृषि जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको बताउनु भयो ।

सरकार बाट पाउनु पर्ने सेवा सुविधा नेपाल सरकारमा सुचिकृत गर्न आर्थिक र सामाजिक अवस्था विकास गर्न सरोकारवाला निकायको जरुरी रहेको पनि निर्देशक ऎरले बताउनु भयो ।

बजारिकरण नहुनु ,मुल्यमा अनेकता तथा बिचौलियाको बिगबिगि भएको जस्ता मुद्दाहरु रहेको हरुले अझै स्तर उन्नति गर्न तीन बर्षदेखी लागि परेको र अझै सरोकारवाला निकायले ब्यवस्थित गर्न सहकर्मी समाज बिरेन्द्र नगर सुर्खेतका बरिस्ट संस्थागत क्षमता बिकास संयोजक राजाराम गुप्ताले बताउनु भयो ।

कार्यक्रममा सहकर्मी समाज कोहलपुरका निर्देशक अम्मर ऎर अध्यक्षयता गर्नुभएको थियो,प्रमुख अतिथी अजय श्रीवास्त जिल्ला समन्वय समिति बाँकेका प्रमुख विशेष अतिथि बन कार्यालय बांकेका राजु क्षेत्री,रियल परियोजनाका खड्गा शर्मा, जानकी गाँउपालिका अध्यक्ष राम निवास यादव डुडुवा गाँउपालिक वडा नम्बर ६ मोहन राम मिश्र कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत अन्य सरोकार निकाय संघ संस्था प्रमुख र सीमान्तकृत समुदायको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया