गुल्मीमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या १७ हजार बढी

गुल्मीमा स्वस्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको एक वर्षमा यो कार्यक्रम प्रभावकारी भन्दै गएको हो । सरकारी अस्पतालमा उपचारमा कमै जानेहरु पनि स्वास्थ्य बीमा दाबिका लागि सरकारी अस्पतालमा जाने गरेका छन् ।

कोरोना महामारीको बीच पनि गुल्मीमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको छ । जिल्लामा एक वर्षको अवधिमा १७ हजार परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख डिकेन्द्रबहादुर बिष्टले बताए ।

स्वास्थ्य बिमा गर्न १ देखि ५ जना परिवारको लागि ३५ सय लाग्छ । ५ जनाको परिवार संख्याभन्दा बढी भएमा ७ सय लाग्ने स्वास्थ्य बिमा कार्यालय गुल्मीले जनाएको छ ।

स्वास्थ्य बीमा लागू भएपछि गुल्मी अस्पतालमा सेवाग्राही को चाम लाग्ने गरेको गुल्मी अस्पतालमा सुपरिटेण्डेन्ट डा.उत्तम पच्याले बताए । दीर्घ रोगीका बिरामी दम, मधुमेह, लगाएका बिरामीलाई बिमाले सहज बनाएको डा. पच्याको भनाइ छ ।

स्वास्थ्य बीमा कार्यक्रम आएपछि राम्रो र सहज भएको सेवाग्राहीको भनाइ छ । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न बिमा कार्यक्रम ल्याएको हो ।

आर्थिक अभाव भोगिरहेका नागरिकलाई पनि सजिलैसँग स्वास्थ्य उपचार सेवाको पहुँचमा ल्याउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
अनलाइन खबरबाट

प्रतिक्रिया