गुल्मीमा जुवा खेलिरहेको अवस्थामा वडा अध्यक्ष सहित ११ जना पक्राउ

गुल्मीको रेसुङ्गा नगरपालिकाको एक होटलमा जुवा खेलिरहेको अवस्थामा वडा अध्यक्ष सहित ११ जना पक्राउ परेका छन् ।

रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । 

सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै रु  ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया