गरिब दु:खीका सारथि बने सांसद अथक, आफ्नो खर्च कटाएर अग्नि पिडितलाई सहयोग


नेपालगन्ज – बाँके क्षेत्र नं. १ का संघीय  साँसद महेश्वर गहतराज अथकले अग्नीपिडितलाई सहयोग प्रदान गरेका छन । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नरैनापुर गाउपािलका १ सुईयामा भएको आगलागिका अग्नि  पिडितहरुलाई साँसद अथकले नगद सहयोग गरेका हुन । शुक्रबार अग्निपिडितलाई भेट्न सुईया पुगेका साँसद अथकले आफ्नो पारिश्रमिक कटाएर २२ घरपरिवारलाई पाँच हजारका दरले १ लाख १० हजार सहयोग उपलब्ध गराएका हुन ।

साँसद अथकले पिडित परिवारहरुका लागि घर निर्माणको पहल थालेको जानकारी गराएका थिए । सुरक्षित नागरीक आवास कार्यक्रम बाँके क्षेत्र नं. १ का संयोजक समेत रहेका साँसद अथकले अग्नीपिडितकालागि सुरक्षित नागरीक आवास कार्यक्रम अन्तर्गत घर निर्माणकालागि प्रति घरपरिवार ५० हजारका दरले नगद उपलब्ध गराउने घोषणा समेत गरेका छन । साथै घर निर्माणकालागि आवश्यक झ्याल, ढोका जिल्ला आपूर्ति समितिमार्फत उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

सहयोग प्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेताहरु नरेन्द्र न्यौपाने, अबराज खड्का, मेराज खाँन लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया