गण्डकी प्रदेशमा नयाँ संक्रमित ३८ जना भेटिए , संक्रमितको सङ्ख्या १ सय १३ जना पुग्यो ।

काठमाडौं – गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित भेटिसँगै यस प्रदेशमा गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । 

आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बाग्लुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार संक्रमितहरुमा स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२,३८, ३१, २५,२७,४६,३७,२१, १८ र ३२ वर्षीय पुरुषहरु र भिरकोट नगरपालिकाका ४६ वर्षीय पुरुष रहेका छन् । 

त्यस्तै, बाग्लुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९ वर्षीय पुरुषहरु र १ जनाको उमेर नखुलेको बताइएको छ । यसैगरी, सोही जिल्लाको ढोरपाटन नगरपालिकाका २६ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो । 

यता, गोरखा जिल्लाको पालुङटार नगरपालिकाका १७ वर्षीय पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

त्यसैगरी, नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

रातोपाटीबाट

प्रतिक्रिया