गज्जबको राजधानी !


                   


प्रदेश ५ को नाम र राजधानी करिबकरिब तय भएको संकेत छ, उसो त नेपाल हो, पाकी सकेको रोटीको पनि फेरि पिठो बनाउने बबण्डर नहोला भन्न सकिन्न तर अहिलेलाई बाँके बर्दियाक‍‍ो बहिर्गमनको माग र पिछडिएको क्षेत्रमा बिकास गर्न दवाबका कारण राप्ती उपत्यकाको नाममा लमहीको दक्षिण कोईलाबासदेखि भालुबाङ हुँदै अर्घाखाँची शितगङ्गा नगरपालिका सम्मलाई राजधानी प्रस्ताव गरिएको छ ।

गज्जबको राजधानी तय गरिएको छ, गज्जबको किनभने यस राजधानी क्षेत्रलाई प्रदेशका १२ जिल्ला मध्ये ६ वटाले छुन्छन, अाकारको हिसाबले यो राजधानी क्षेत्र निकै ठुलो छ । अर्घाखाँचीका एक शितगङ्गा नगरपालिका र दाङका २ स्थानीय तह राप्ती र गढवा गाउपालिका समेटिएको छ यसमा । भारतिय सिमाको कोईलाबास देखि दाङ र अर्घाखाँचीको पुर्व पाल्पाको सिमासम्म रहेको यस स्थानले प्युठानको दक्षिणी भेग, कपिलवस्तुको पुरै उत्तरी सिमा, र रुपन्देही र पाल्पाको पश्चिमी कुनासमेत छुन्छ । यसरी यस क्षेत्रको भौगोलिक स्वरुप हेर्दा चुरे पहाड र तिनाउ नदी देखि बाणगङ्गा, गुडुरुङ, सरयु खोला, धानखोला, शितखोला हुदै राप्ती सम्मको पिछडिएको र निकै कम अावादी रहेको क्षेत्र समेटिएको छ र गज्जबको मान्न सकिन्छ । राजधानीले चर्चेको क्षेत्रमा सुपा देउराली मन्दिरको दक्षिण, तराई देखि उत्तर माडी र झिमरुकक‍ो मिलन बिन्दु ऐरावती देखि दक्षिण राप्ती, शितखोला र धानखोलाका बेसीहरु र कोइलाबास उपत्यका चाहिँ समथर छन । अन्य सबैभेग भिरालो, पातलो आवादी र जङ्गल नै छ । भालुबाङ बाहेक नाम चलेका लालमटिया, गढवा कोईलाबास, कालाकाटे, शिव गुफा, धानखोला, सिद्धारा, ठाडा, सुवर्ण खाल, बडाचौर, सिमलपानी अादि हुन । राप्तीमा २ वटा पुल, पुर्व-पश्चिम राजमार्ग र पथ्थरकोट देखि सुपा-देउराली सम्मको सडकलाई राम्रो संरचना भन्न सकिन्छ, कलकारखाना र उद्योग धन्दा एउटा सिमेन्टको फ्याक्टरी बाहेक अरु देखिदैन भने उच्च शिक्षाको लागि लालमटिया र ठाडामा हाईस्कुल र राप्ती प्राबिधिक स्कुल स्थापित छ ।

अहिलेसम्म राजधानीमा केही बिबाद र असहमति देखिए पनि लुम्बिनी प्रदेशको नाममा सर्ब स्वीकारोक्ति रहेको  छ, धार्मिक सामाजिक र आर्थिक पाटोमा समानुपातिक महत्त्वको नाम हो लुम्बिनी । नेपाललाई परराष्ट्र मामिलामा अब्बल हो भन्ने चिनाउन लुम्बिनी सक्षम छ, आन्तरिक र बिदेशी पर्यटनको लागि लुम्बिनी अत्यन्तै महत्त्वपूर्ण छ ।

राजधानीमा केही बिबाद हुनसक्छ । बिबादका पाटो सामाजिक राजनीतिक र आर्थिक खासै देखिदैनन तर व्यक्तिगत रुपमा कारोबार र उद्योग व्यापारसंग हिमचिम भएका नेता र जग्गाको कारोबार, शिक्षा र स्वास्थ्यक‍ो बिजनेस गर्नेहरुले केही छलछाम गर्न खोज्न सक्छन् र यसका लागि अवरोध हुन पनि सक्छ ।

बिरोधीहरु चाहना यस्तो हुन सक्छ: राप्ती भालुबाङ देखि शितगङ्गा नगरपालिकासम्म घडेरी बनाउन प्लटिङ गर्ने राम्रो जग्गा छैन, जग्गा नहुदा भु-माफियाको खेल खराब हुन सक्छ, बुटवल तिरको अरबौको लगानीमा तुसारो पर्न सक्छ, र हिजो चुनावी भाषणमा दिएको ठुलो आश्वासन ओझेल पर्न सक्छ । खासगरी हिजोका दिनमा भु-माफियाहरुलाई फाइदा पुग्नाले दाङ भन्दा बुटवल चहकिलो लागेको हो, डाडा-काँडामा राजधानी बनेपछि  जग्गा छैन, खरिद पनि छैन, बिक्री पनि रोकिने भयो ! यसको लागि ठुलो बिरोध हुन सक्छ । तर बाँके बर्दिया लगायत ९ जिल्लाको लागि अत्यन्तै केन्द्रीकृत स्थल हुनेहुदा सफल भैहाल्छ कि भन्न सकिन्छ !

कोईलाबासको ईतिहास चहकिलो छ, प्युठान रोल्पा रुकुम गुल्मी लगायत हिमाली जिल्लासम्मको भारतीय बजार पस्ने ठुलो नाका थियोे कोईलाबास । २०३०को दशकमा पुर्व- पश्चिम राजमार्ग बनेपछि नेपालगन्ज र भैरहवाले भन्सारजन्य व्यापार खोस्यो, कृष्णनगरले आवतजावत खोस्यो र क्रमशः सुकेको हो कोईलाबास ।

कोईलाबास सुकेपछि बिस्तारै भालुबाङको क्रेज पनि घटदै गयो, घोराही र लमहीले आवासीय सहरको रुपमा बिकास गरे, बुटवलले बिजनेस बढाउन थाल्यो । बिजवार, लिवाङ, तुलसीपुर आदि पहाडी बजार आफै नेपालगन्ज बुटवल देखि कारोबार गर्न थाले । यसरी कालान्तरमा घुमीफिरी आउन लागेका भालुबाङ र कोईलाबासका दिन पुनः उज्यालो होउन!  शुभकामना छ!

प्रतिक्रिया