खजुराका किसानलाई धान भित्र्याउनको चटारो

खजुरा– बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँका किसानहरु अहिले धान भित्र्याउन लागेका  छन् ।

यसपालि समयमै वर्षा भएकोले धान रोपाइँ गरेका किसानहरु धानबाली राम्रो भएको हुदा खुसी छन् । दशै आउनै लाग्दा खेतमा धान पाकेर धनका बाला लटरम्म झुकेको देखिन्छ । किसानहरु यसपालि सबै खेतीपाती राम्रै भएको बताउँछन् । पोहोर सालको भन्दा यसपालिको धानबाली राम्रो भएको किसानहरुले बताएका छन् ।
हेर्नुहोस् केही तस्बिरहरू :

प्रतिक्रिया