कोहलपुर नगर कमिटीको आयोजनामा भोलि संविधान वाचन तथा व्याख्या कार्यक्रम गरिने

नेपालगन्ज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको कोहलपुर  नगर कमिटीले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि  सभा विघटन गरेको विरोधमा नेकपा कोहलपुर नगर कमिटीले भोलि कोहलपुर चौराहामा  संविधान वाचन गरेर विरोध जनाउने कार्यक्रम आयोजना गरेको छ ।

नेकपा कोहलपुर नगर कमिटी सचिव तुलाराज विष्टका अनुसार मध्यान्न १२ बजे कोहलपुर चौराहमा सडक  संविधान वाचन तथा व्याख्या  गरीने छ ।

त्यसैगरी पौष २८ गते कोहलपुर नगरपालिकाका १५ वटै वडामा कालो झण्डा गाड्ने तथा प्रतिगामी कदम विरुद्ध ब्यानर राख्ने कार्यक्रम रहेको छ । विरोध कार्यक्रम अन्तर्गत माघ २ गते कोहलपुर नगरपालिकाका सबै वडामा विरोध प्रदर्शन गरीने बताईएको छ ।

माघ ५ गते कोहलपुर नगरपालिका अगाडी विरोध प्रदर्शन गर्ने तथा माघ १० गते कोहलपुर नगर क्षेत्रभित्र मोटरसाईकल र्याली गर्ने कार्यक्रम तय भएको बिष्टले जानकारी दिए । यसअघि पनि विरोधका बिभिन्न कार्यक्रम गर्दै आएको नगर कमिटीले आन्दोलनलाई प्रभावकारी बनाउन थप रणनिति तय गरेको जनाएको छ ।

प्रतिक्रिया