कोरोना भाइरसको बिषयलाई लिएर बलिउडमा फिल्म बन्दै

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाको रोकथामको लागि भारतमा गरिएको लकडाउनका कारण बलिउड पनि ठप्प छ ।

यस्तो अवस्थामा बलिउडमा कोरोनाभाइरस सम्बन्धि फिल्म बन्ने बताइएको छ । भारतिय मिडियाका अनुसार कोरोनाभाइरसमा आधारित फिल्म प्रत्युस उपाध्यायले बनाउने भएका हुन् । 

उनले कोरोनाको बिषयमा फिल्म बनाउने घोषण समेत गरेका छन् । यस फिल्ममा निकिता रावलको भुमिका रहने जनाइएको छ ।मिडियाका अनुसार यस फिल्ममा कोरोना बारेमा रहस्य देख्न सकिने बताइएको छ । यस फिल्मको स्किृप्टमाथि काम भइरहेको जनाइएको छ। 

Loading…

प्रतिक्रिया