कोभिशिल्ड भ्याक्सिन बारे जान्नुपर्ने महत्त्वपूर्ण कुराहरू

    कोभिशिल्ड नामक भ्याक्सिन भारतको Serum
Institute प्रा.लि. द्वारा उत्पादित भ्याक्सिन हो ।यो
खोप भारतमा शुरुवात भै सकेको छ र नेपालमा पनि यो खोपको आपतकालीन प्रयोगका लागि स्वीकृत २०७७  माघ ०२ गते भएको हो । यो भ्याक्सिन १० डोज(५ मि लि) प्रति भाईलमा उपलब्ध छ।यो खोपलाई जम्न दिनुहुदैन र जमेको खोप प्रयोग गर्नु पनि हुदैन।

यो खोप फ्रिजमा भएमा Shake test गर्न  मिल्दैन ।  यो खोपको भण्डारण र ढुवानी तापक्रम २⁰देखि ८⁰ सेल्सियस सम्म हुन्छ।यो खोपको Shelf life ६ महिना को हुन्छ।यो खोपको भाईलमा VVM हुँदैन, भ्याक्सिन खोलिएको ६ घन्टा पछि प्रयोग गर्नु हुदैँन र खोलिएको भ्याक्सिन एक सेसनबाट अर्को सेसनमा प्रयोग गर्न मिल्दैन।
          
यो खोप बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा मासुभित्र (IM)  ०.५ मिलि ४ हप्ताको फरक मा दिनुपर्छ। कोभिसिल्ड भ्याक्सिन Freeze sensi-tive vaccine हो त्यसैले कण्डिसन गरिएको Ice pack मात्र प्रयोग गर्नु पर्दछ।यो खोप १८ बर्ष भन्दा
माथिका लागि मात्र स्वीकृत दिइएको छ र १८ बर्ष मुनिका लागि कत्ति को सुरक्षा र प्रभावकारी छ भन्ने अनुसन्धान जारी रहेको छ।कोभिशिल्ड भ्याक्सिन सँगै अन्य भ्याक्सिन दिनु परेमा १४ दिनको अन्तरमा मात्र दिने।पहिलो मात्रा कोभिशिल्ड भ्याक्सिन दिइएको छ भने दोस्रो मात्रा पनि कोभिशिल्ड नै दिनु पर्छ(४ हप्ताको अन्तरमा दुई पटक पहिलो मात्रा र दोस्रो मात्रा) ।
कोभिशिल्ड भ्याक्सिन दिन मिल्ने र नमिल्ने अवस्थाहरू:-
•निम्न समस्या भएका मानिसहरू कोभिशिल्ड भ्याक्सिन दिनुहुदैन जस्तै:-
√यो खोपको पहिलो डोज पछि गम्भीर एलर्जी भएमा..
√यस भन्दा अघि अरु कुनै कारणले(vaccine,
    injectable therapies,food items,
    Pharmaceuticals etc). गम्भीर एलर्जी
    भएमा
√गर्भवति तथा स्थनपान गराउने आमा
√गर्भावस्थाका लागि योजना बनाईराखेको भएपनि
  भ्याक्सिन दिन मिल्दैन,
√Bleeding वा coagulation disorder भएका
   मानिसलाई यो खोप दिदाँ विशेष सावधानी                
   अपनाउनुपर्छ ।
•तर निम्न अवस्था भएकाहरुलाई कोभिशिल्ड भ्याक्सिन दिन मिल्छ:-
√पहिले कोभिड -१९ संक्रमण भएका ब्यक्तिलाई
√दिर्घ रोग जस्तै:मुटु, मष्तिस्क, फोक्सो,मिृगौला
   रोग र क्यान्सर रोगका ब्यक्तिहरु
√रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस  
   र immuno-suppressive drug सेवन गरि
   रहेका बिरामी हरु
खोप लगाएपछि पैदा हुनसक्ने सामान्य समस्याहरु:
१.सुई लगाएको ठाउँमा दुख्ने,सुनिने,रातो हुन सक्ने।
२.थकाई र आलस्य महशुस हुने।
३.ज्वरो आउने।
४.टाउको दुख्ने।
५.वाकवाकि लाग्ने।
६.वान्ता आउने।
७.फ्लुको जस्तो लक्षण देखिनु जस्तै ज्वरो आउनु,
   घाटि दुख्नु,खोकि लाग्नु आदि।
          यो भ्याक्सिन को बारेमा जे जति समाजमा
फैलाइएको भ्रामक प्रचार छ यो विल्कुल सत्यहिन छ।
विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएर यो खोप
को क्लिनिक ट्रायल फेजबाट आउट गरि आम जनमानसमा लगाउन शुरु गरिएको छ।आशा छ यो
खोपको सर्वस्वीकार्य हुनेछ।
                                                  स्वास्थ्यकर्मी
                                                 पुष्पराज न्यौपाने
                                                 नेपालगन्ज, बाँके

प्रतिक्रिया