कोभिड १९ सम्बन्धी महत्त्वपूर्ण जानकारी: गलत हल्लाका पछि नलागौं

पुष्पराज न्यौपाने
अहिले गाउँ घर, शहर जताततै कोरोना भाइरसको बारेमा गलत भ्रम फैलिएको छ, यसको बारेमा यस्तो छ यथार्थ :
१) के कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सर्छ?
     -हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो।
२)के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?
   -हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएको छैन।लसुन स्वास्थ्यको लागि फाइदाजनक छ र यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ।
३)के तिलको  तेलको मालिसले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्छ?
   -तिलको तेलको मालिसले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन। तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन।भुई वा सतहमा भएको कोरोना भाइरसलाई नि-संक्रमण गर्न ७०% ethanol,०.५% sodium hypochlorites भएको रसायन वा घोलक, प्रयोग गर्नुपर्छ। यि रसायनहरु कहिल्यै पनि मानिसमा प्रयोग गर्नु हुदैन। यस्ता रसायनहरु छालामा परे हानिकारक हुन्छ।
४)के पानि पिउनाले घाँटी दुखेको निको हुन्छ र कोरोना भाइरसको संक्रमणबाट बचाउन्छ?
   -स्वस्थ रहन पानि पिउनु अति आवश्यक छ तर यसले कोराेना भाइरसको संक्रमणबाट बचाउदैन।
५)यो कोरोना भाइरसले बृद्धबृद्धालाइ मात्र बढि असर गर्छ कि युवावर्गहरुलाई पनि यसको जोखिम हुन्छ?
  -सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ तर ज्येष्ठ नागरिक र पहिले देखिनै
दम, मधुमेह ,मुटु रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई भने यो भाइरसले बिरामिहरुलाई गम्भीर
बनाउने जोखिम हन्छ। WHO सिफारिस गरे अनुसार
यस भाइरसबाट बच्नका लागि बेलाबेलामा साबुन पानिले मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, श्वासप्रश्वास सम्बन्धी बिशेष ध्यान दिने जस्तै खोक्दा, हाछ्युँ गर्दा नाक मुख  छोप्नु पर्दछ।
६)के कोरोना भाइरसबाट बच्न र संक्रमितको उपचारको लागि एन्टिबायोटिक औषधि प्रभावकारी हुन्छ?
  -एन्टिबायोटिकले जिवाणु विरुद्ध मात्र लड्न सक्ने क्षमता भएकाले एन्टिबायोटिक को प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउदैन।
७)के हात सुकाउने मेशिन ( ह्यान्ड ड्रायर) कोराना भाइरस मार्नका लागि प्रयोग हुन्छ?
  -हात सुकाउने मेसिन कदापि पनि कोरोना भाइरस मार्नका लागि प्रभावकारी हुन सक्दैन।हात धोइसकेपछि भिजेको हात सुकाउन लागि कागजि रूमाल वा हात सुकाउन ड्रायर प्रयोग गर्न सकिन्छ तर सबैले एउटै रुमाल प्रयोग गर्नु हुँदैन।
८)के चिनबाट आएको चिठि पत्र वा कुनै पनि सामान लिनु सुरक्षित हन्छ?
  -चिनबाट आएको सामान वा चिठिपत्रबाट कोरोना भाइरस सर्ने जोखिम हुदैन किनकि कोरोना भाइरस वस्तुहरु जस्तै चिठि वा बाकसहरुमा लामो समय बाच्दैनन् भन्ने पुष्टि भै सकेको छ।
९)के युभि किरण (ultra violet ray) ले कोरोना भाइरस मार्न सक्छ?
   -यस्ता युभि किरणले भाइरस मार्न सक्दैन तर यस्ता विकिरणले हात वा शरीरका अन्य अङ्गहरूमा एलर्जी गराउन सक्छ।
१०)के शरीरमा अल्कोहल वा क्लोरीन लगाएमा वा  
     छरेमा कोरोना भाइरस मर्छ?
     -शरीरभित्र कोरोना भाइरस प्रवेश गरि सकेपछि अल्कोहल वा क्लोरीन  पुरै शरीरमा लगाउदा वा छर्कदा यो भाइरस मर्दैन।बरु यसरी छर्कनाले तपाईका लुगा वा शरीरमा रहेका स-साना छिद्रहरुका साथै आखाँ,मुख,नाक आदिमा हानि पुग्न सक्छ।याद राख्नुहोस् सहि मात्रामा प्रयोग गरिएको खण्डमा अल्कोहल र क्लोरीनले भुई वा सतहलाई नि-संक्रमण गर्न मद्दत गर्दछ।
•नोवेल कोरोना भाइरसको वास्तविक परिचय:
नोवेल कोरोना भाइरस प्रजाति, भाइरसहरुको एउटा ठूलो परिवारमध्ये एक सदस्य हो।यसको संक्रमणबाट
हुने रोगलाई कोभिड-19 भनिन्छ,जसमा सामान्य ज्वरो,खोकि, श्वासप्रश्वासमा कठिनाई देखि अत्यन्त गम्भीर शारीरिक समस्या उत्पन्न भई रोगिको अन्त्यमा गएर मृत्यु समेत हुन सक्छ

अशिक्षित समाजको कारणले नेपालमा धेरै कोरोना सम्बन्धी गलत भ्रमहरु नि अगि सारिएको छ। वास्तवमा, यो भाइरसको संक्रमणले मरिन्छ भन्ने
जुन धारणा छ त्यो गलत हो। ९०% कोरोना संक्रमितलाई आफै वा सामान्य उपचारले निको हुन्छ,१०% लाई अस्पताल बस्नुपर्ने हुन सक्छ। ति मध्ये ५% लाइ आइसियू/भेन्टिलेटर चाहिन्छ। त्यसको आधा अर्थात २-३% को मात्र निधन हन्छ।हाम्रो देश नेपालको मृत्यु दर अहिलेसम्म ०.५% पनि छैन। यो तत्थ हामिले बिर्सिनु हुदैन।कोरोनाको कारणले मात्र मृत्यु हुनेको संख्या अत्यन्तै कम छ। तसर्थ हामीले हाम्रा रोगहरू पत्ता लगाएर स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ। आफै जान्ने भएर,बानि पर्छ भनेर वा आफै कन्ट्रोल गर्छु भनेर जोखिमको धारमा बस्नु हुदैन। अौषधी सेवनले हाम्रा रिपोर्ट नर्मल राख्न सक्यौँ भने कोराना भाइरस को संक्रमणबाट डराउनु पर्दैन। त्यसैले गलत भ्रामक प्रचार गर्ने पछि नलागि तत्थ सत्य समाचार पछि लाग्नु पर्दछ।

  हामी स्पष्ट हुनु पर्छ कि मास्क प्रयोग गर्ने बारेमा पनि:-
१.यदि मास्क नलगाएको संक्रमित व्यक्ति को अगाडि मास्क लगाएका स्वस्थव्यक्तिहरू छन भने कोराेना भाइरसको संक्रमण दर सम्भावित ७०% हुनसक्छ। २)यदि मास्क लगाएको संक्रमित व्यक्तिको अगाडि मास्क नलगाएका स्वस्थव्यक्तिहरू छन भने कोराेना भाइरसको संक्रमण दर सम्भावित ५% हुनसक्छ।
३)यदि संक्रमित र स्वस्थव्यक्तिहरू सबैले सहि जनस्वास्थ्य मापदण्ड अनुसार मास्क प्रयोग भएको छ भने एक ब्यक्ति बाट हजारौं ब्यक्तिमा सम्भावित संक्रमण दर मात्र १.५% हुनसक्छ।

  त्यसैले हामी सत्य तत्थ प्रमाणको पछाडी हिड्न  कोशिश गर्दै कोरोनाको बारेमा सबै जनसमुदायलाई जनचेतना फैलाउन पर्दछ।अर्को कुरा ४०% संक्रमण संक्रमितमा लक्षण देखिनु पुर्व नै भएको विभिन्न  अध्ययनले देखाएको छ। तपाईंले मास्क लगाएर अरुलाई संक्रमित हुनबाट जोगाउनुहोस अनि अरुले तपाइलाई पनि जोगाउँछन।
लेखक: नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जमा एच- ए अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया