कोभिड-१९ को निदानको लागि पीसीआर परीक्षण नै किन?

पुष्पराज न्यौपाने
एउटा भाइरसले फरक ब्यक्तिहरुमा फरक तरिकाले
ब्यवहार र संक्रमण गर्छ।आरडिटिको विश्वसनीयता
घटे सँग सँगै यो परीक्षण को महत्व पनि बढेको पाइन्छ
र यो इन्फोग्राफिक/भिज्वलले भाइरसको चरणहरु देखाउन्छ र अधिंकाश मानिसहरूमा परीक्षण किटले कसरी काम गर्छ भन्ने कुरा दर्शाउँछ। पिसिआर र आरडिटि परीक्षण गर्नेबारे केहि जानकारी :
पहिलो दिन:
लक्षणहरू:-मानिसमा भाइरस सर्छ।
भाइरस फैलन सक्ने जोखिम:-छैन
आरडिटटी परीक्षण:- पहिचान हुदैन।
पीसीआर परीक्षण:-पहिचान हुदैन।

दिन २-३
लक्षणहरू:- बृद्धि हुन सुरु गर्छ।
भाइरस फैलन सक्ने जोखिम:-कम हन्छ ।
आरडिटि परीक्षण:-पहिचान हुदैन।
पीसीआर परीक्षण:- पहिचान हुदैन।

दिन ४ – ५
लक्षणहरू: भाइरस शरीरमा फैलिन शुरु गर्छ र बिस्तारै  घाटिँ र फोक्सोमा जम्मा हुन शुरु गर्छ।
भाइरस फैलन सक्ने जोखिम: निकै बढी
आरडिटि परीक्षण: पहिचान हुदैन।
पीसीआर परीक्षण: भाइरस देखाउन थाल्छ।

दिन ६-१०
लक्षणहरू:
    १.केहि मानिसहरूमा लक्षणहरू देखा पर्न थाल्छ
    २.केहि मानिसहरूमा केहि पनि लक्षणहरू देखा पर्दैन,

भाइरस फैलन सक्ने जोखिम:
       १. निकै बढी
       २.बढी
आरडिटि परीक्षण: पहिचान हुदैन।
पीसीआर परीक्षण:पीसीआरले भाइरस देखाउन्छ।
दिन ११-१५
लक्षणहरु:
      १.केहि मानिसहरूमा गम्भीर लक्षणहरु देखापर्छन्
      २. केहि मानिसहरू बिरामि पर्दैनन्
भाइरस फैलन सक्ने जोखिम:
       १.निकै बढि हुन्छ
       २.मध्यम
आरडिटि परीक्षण:आरडिटिले केहि मात्र पोजेटिभ केस देखिन सक्छ।
पीसीआर परीक्षण:पीसीआरले भाइरस देखाउछ।
  दिन १५-२०
लक्षणहरु:
   १.बिरामी मानिसहरू बिस्तारै ठिक हुन थाल्छन्।
   २.केहि मानिसहरूको मृत्यु हुन्छ।
   ३.बिरामी नपरेका मानिसहरू भाइरसमुक्त हुन्छन्।
भाइरस फैलन सक्ने जोखिम:
   १.कम
   २. मध्यम
   ३.छैन
आरडिटि परीक्षण:
   १.धेरैमा आरडिटि पोजेटिभ देखिन थाल्छ।
   २.आरडिटिले पोजेटिभ देखाउन पनि सक्छ
       नदेखाउन पनि सक्छ,
  ३.केस पोजेटिभ देखाउन्छ।
पीसीआर परीक्षण:
१.पिसिआरले असामान्य नतिजाहरु देखाउन सक्छ।
२.पीसीआरले पोजेटिभ देखाउन पनि सक्छ नदेखाउन पनि सक्छ।
३.पीसीआरले धेरै जस्तो नेगेटिभ देखाउन्छ।

  दिन २१-२५
लक्षणहरु: धेरै जसो मानिसहरू भाइरसमुक्त हुन्छन्।
भाइरस फैलन सक्ने जोखिम: छैन
आरडिटि परीक्षण:आरडिटिले पोजेटिभ देखाउन्छ।
पीसीआर परीक्षण: न्यून मात्रामा पोजेटिभ देखाउँछ।
    
कोभिड-१९ को रोकथामको लागि संक्रमित व्यक्ति को पहिचान चाँडै गरेर स्वस्थ ब्यक्तिमा भाइरस फैलन सक्ने जोखिम लाइ
रोक्नु पर्छ। भाइरसको परीक्षणमा पीसीआर टेस्टले समयमा नतिजा देखाउने र आरडिटिको नतिजा सधैं भरपर्दो नहुने भएकाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पीसीआरको दायरा बढाएर
सम्भावित मानिसहरुको टेस्ट गराउनु पर्दछ र सके सम्म चाँडै गराउनु पर्दछ। पछिल्लो दिन याता संक्रमण को दर बढ्दै गएको हुदा जनस्वास्थ्य मापदण्ड अनुसार सबैले आ-आफ्नो ठाउँबाट आफू बचि अरु पनि बच्नुपर्छ भन्ने हेतु राख्दै जनचेतना फैलाउने वातावरण निर्माण गर्नुपर्छ।

नेपाल सरकारको मुख्य जिम्मेवारी भने आफ्नो नागरिकको जिवन संरक्षण गर्नु हो त्यसैले स्थानीय संक्रमण भए नभएको यकिन गरी “एक घर एक पीसीआर परीक्षण” अबलम्बन गरी झन देशलाई भयाभह हुनबाट बचाउन पर्दछ।
लेखक: एच-ए- तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया