कोभिड अस्पताल भेरीद्वारा संक्रमित बिरामीको स्वास्थ्य लाभको कामना गर्दै परिसर भित्र लक्ष्मी पुजा

नेपालगन्ज : अघिल्लो वर्षको जस्तो रौनक यसपालि तिहारमा नभए पनि आफ्नो आफ्नो ठाउँबाट विश्वभर आक्रान्त पारेको कोभिड १९ को छिट्टै अन्त्यहोस् भन्ने कामना र सम्पूर्ण कोरोना संक्रमित बिरामीको स्वास्थ्य लाभको कामना होस् भनेर भेरी अस्पताल नेपालगन्जमा आज लक्ष्मी पुजा गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापाले आइसोलेसनमा भर्ना भएका सिकिस्त बिरामीहरु र अन्य संक्रमित बिरामीहरुको स्वास्थ्य छिटोभन्दा छिटो निकोहोस् भनेर अस्पताल परिसरमा पुजा गरेको बताउनुभयो ।
हेर्नुहोस् तस्बिर :


प्रतिक्रिया