कुशल संगठक अध्यक्ष :जैसी

जयपती ढकाल


हुम्ला– हालै भइरहेको संसद विघटन र संगो पार्टीमा भएको कलहले सिंगो देशलाईनै उथलपुथल बनाएको छ,तर नेपाल कम्युनिष्ट पार्टी हुम्लाका अध्यक्ष लालकेश जैसीले भने गृह जिल्ला हुम्लालाइ अझै सुदृढ एकताको मार्गतिर अनवरतरुपमा लागि परेको देख्छौं ।

पुर्व माअाेवादीका विभिन्न समयमा विभाजित धाराहरु एकता गराउने , पछिल्लो समय नेकपाकाे एकता र विभाजन र विभिन्न समयमा चुनावकाे समयमा विभाजित नेतृत्व र हुम्लाको नेकपाकाे संगठनलाई एकताबद्द बनाउने काम अध्यक्ष लालकेशकाे पालामा भएको देखिन्छ । मुल त एक कुशल संगठक भएको कुरा अाज पुष्टि भएको छ ,अरु भन्दा पनि जनता र कार्यकर्ता प्रति उतरदायी संगठन र नेतृत्वमा हुने गुण उहाँमा देखिन्छ ।

नेता वा नेतृत्वलाइ एक तरिकाबाट मात्र बुझ्नु हुँदैन । तर हाम्रो सन्दर्भमा हामी खाली राजनिती गर्नेलाई मात्र नेता वा नेतृत्वकर्ता मान्ने गरेका छौ । हरेक मान्छे नेता हो र हरेक मान्छेले प्रत्यक्ष / अप्रत्यक्ष रुपमा नेतृत्व गरिरहेको हुन्छ । चाहे घरको कुशल ब्यबस्थापन गरेर होस , आफ्नो कार्यालयमा राम्रो प्रस्तुती दिएर होस वा देशको नेतृत्व गरेर होस प्रत्यक ब्यक्ती नेता बनिरहेको हुन्छ ,म मान्छु जसमा भरिपुर्ण नीति, नेतृत्व ,अनुशासन , मेहनतको पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ ।

राज्यको नेतृत्व गर्नेदेखी लिएर परिवारको नेतृत्वसम्म आफैमा एउटा संवेदनशिल एवं जवाफदेही हुनुपर्ने दायित्व हुन्छ। त्यसैले सवैलाई समान व्यवहार एवं सामुहिक हितको खातिर नेतृत्व हमेसा दृढ हुनुपर्दछ। कमजोर नेतृत्वले धेरै कुराहरुमा सम्झौता गर्नुपर्ने हुन्छ अर्थात धेरै समस्याहरुको सामना गर्न सक्तैन। त्यसैले नेतृत्व सदैव सबल, सक्षम एवं उच्च नैतिक चरित्रवान भएको कमरेड लालकेश जैसीमा देख्न सकिन्छ।

शासन गर्नु, निर्णय गर्नु, निर्देशन दिनु आदि सबै एक कला हो, एक कठिन प्रविधी पनि हो ।अरुमाथी शासन त मान्छेले मात्र होईन पशुपक्षिंले पनि गरिरहेको हुन्छन । आखिर नेतृत्वको दायरा जत्रो भएतापनी खास केहि गुणहरुले मात्र मानिसलाई असल नेतृत्वकर्ता बनाउन सक्दछ ।असल नेतृत्वमा खास जनता र कार्यकर्ता प्रति उतरदायी नेतृत्व र संगठन सफल हुन केहि गुण हुनैपर्दछ ।

असल नेतृत्वमा हुनुपर्ने गुणहरु यस्ता छन्:-

१. बलियो इच्छाशक्ति

२. आत्मविश्वास हुनु

३. अभिप्रेरित गर्न सक्ने क्षमता

४. जिम्मेवारी र उत्तरदायित्वको भावना

५. इमानदार सोच र चरित्र

६. त्यागको भावना

यी गुणहरूलाई जति बढी व्यवहारमा प्रयोग गरिन्छ, त्यति नै निपुणता प्राप्त गर्न सकिन्छ । कुनै कुरा जान्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई प्रयोगमा ल्याउन सक्नु मानिसको लागि ठूलो चुनौती हो । माथि लेखिएका कुरा त्यस्तो गाह्रो पनि छैन, जुन प्रयोगमै आउन पनि नसकोस् । सफल नेता जहिले पनि दिनमा विश्वास गर्छ । ऊ आफ्नो मात्रै प्रगतिका बारेमा सोच्दैन, अरूको प्रगतिमा पनि उ त्यति नै खुसी हुन्छ र सहयोग गर्छ । भन्ने कुरा हुम्ला जिल्ला नेकपा अध्यक्ष जैसिले प्रष्ट पारेका छ्न ।
त्यतिमात्र नभएर नेतृत्व गर्ने मान्छेबाट आम मानिसहरुले धेरै आश गर्ने भएकाले बृहत ज्ञान र चुनौतिसँग सौदाबाजी गर्न सक्ने आँट , साहस र धैर्यताले कमरेड लालकेश जैसीलाई आम सर्वसाधारण देखि केन्द्र सम्म बिश्वास पात्र बन्न पुगेका छ्न ।
!! सफलताको शुभकामना कमरेड !! अभिवादन !

प्रतिक्रिया