कुलमान घिसिङको पक्षमा काठमाण्डौका विभिन्न ठाउँहरुमा प्रदर्शन

काठमाडौं :    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विदाई भए लगत्तै काठमाडौंमा उनको पक्षमा आज बिहानैदेखि प्रदर्शन भएको छ।

बिहान जोरपाटी चोकमा कुलमान घिसिङको पक्षमा उत्रिँदा सरकारको चर्को आलोचना भएको थियो। त्यसैगरी  माइतीघर मण्डलामा र कीर्तिपुरमा समेत घिसिङको पक्षमा प्रदर्शन हुँदैछ।
चर्को लोडसेडिङ भोगिरहेको अवस्थामा प्राधिकरणको नेतृत्व लिएका घिसिङको पक्षमा लामो समयदेखि जनस्तरबाटै लबिङ भइरहेको थियो। उनको कार्यकालमा लोडसेडिङ अन्त्य भएकाले बिजुलीको पर्यायका रुपमा उनको नाम सोसल मिडियामा लिने गरिन्थ्यो।

उनले गरेको लोडसेडिङ अन्तको परिणामको असर हो आज बिहानदेखि देखिएका दृष्यहरु! घिसिङलाई थप एक कार्यकाल कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि सरकारमाथि चर्को दवाव थियो। नेकपाका नेताहरु बीच नै उनको नियुक्तिको विषयलाई लिएर चर्का बहस भएका थिए। आज जोरपाटीमा देखिएका यी दृष्य कुनै पनि कर्मचारीका पक्षमा भएको स्वस्फूर्त प्रदर्शनको नमुना बनेको छ।

Loading…

प्रतिक्रिया