कालोबजारी, भ्रष्टाचार नियन्त्रण गर्न अनुगमनका लागि अनेरास्ववियू बाँकेले बुझायो सिडियोलाई ज्ञापनपत्र

नेपालगन्ज – नजिकिदै गरेका ठूलाठूला चाडपर्व र  कोरोना भाइरस महामारीको बेलामा कालोबजारी, चोरी, डकैती, भ्रष्टाचार बढ्न सक्ने  भन्दै उक्त समस्याहरु रोक्नका लागि  अनुगमन तथा नियन्त्रण गर्न अनेरास्ववियू बाँकेले आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

कोरोनाको चपेटामा परेका विद्यार्थीहरु, निम्न आय भएका गरिब मजदुरहरुलाई राहतको व्यवस्था गर्न समेत उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अनेरास्ववियू बाँकेका संयोजक सुरेन्द्र शाह जम्वो र सह संयोजक टेकेन्द्र मल्ल लगायतको टीमले प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गलाई ज्ञापनपत्र बुझाएको हो ।
हेर्नुहोस् ज्ञापनपत्र :

प्रतिक्रिया