कानुन संकायको नतिजामा गल्ती नै गल्ती भएको भन्दै विद्यार्थी संगठनहरुले निकाले प्रेसविज्ञप्ति

नेपालगन्ज – देशको सबैभन्दा ठूलो विश्व विद्यालय त्रिभुवन विश्वविद्यालयले १३ महिना पछि निकालेको कानुन संकाय प्रथम वर्षको नतिजामा गल्ती भएको भन्दै विद्यार्थी संगठनहरुले त्रिवि  परीक्षा नियन्त्रण कार्यालयको विरुद्धमा प्रेस विज्ञप्ति निकालेका छन् ।

आज संयुक्तरूपमा ज्ञापनपत्र दिदै विद्यार्थी संगठनहरुले कानुन संकायको  नतिजामा कतै परीक्षा नै नदिएका विषयमा उत्तीर्ण गराएको , कतै परीक्षा दिएर पनि अनुपस्थित दिएको, लगायतका थुप्रै गल्तीले गर्दा विद्यार्थीहरुको मानसिक तनाव भोग्नु परेको अबस्थामा तत्काल यसलाई नसच्चाएमा विद्यार्थी संगठनहरुले चाल्ने कदमहरुको जिम्मेवारी त्रिवि  परीक्षा नियन्त्रण कार्यालय र प्रशासन हुनुपर्ने विज्ञप्तिमा लेखिएको छ ।

त्रिविको यो समस्या नेपाल ल क्याम्पसको मात्र नभएर देशभरि त्रिविका कानुन अध्ययन हुने क्याम्पसमा अध्ययनरत विद्यार्थी सबैको भएको विद्यार्थीहरुको भनाइ रहेको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ति :

Loading…

प्रतिक्रिया