कर्णाली प्रदेश स्काउट संयोजक नेतृत्वमा सामाजिक परिचालन सुरु ।

जयपती ढकाल सुर्खेत । कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेतमा आज बाट छ महिला सम्म जनचेतनामूलक सन्देश तथा सामाजिक कार्य गर्ने एक्यवद्धताका साथ स्काउट कर्णाली प्रदेशका स्काउट स्वयंसेवकले अभियान संचालन गरेका छ्न ।

काेराना अझै राेकिएकाे छैन भन्ने नाराका साथ नेपाल स्काउट कर्णाली प्रदेश स्काउट ले बिरेन्द्रनगरपालिका सुर्खेतमा युनिसेफ को आर्थिक सहयोग र युवा तथा खेलकुद मन्त्रालयको प्राबिधिक सहयोगमा एस एम एस कार्यक्रम संचालन अाज बाट शुरू गरेको हो ।

कर्णाली प्रदेशका स्काउट नेपालका कृयाशिल ,युवा जुझारु संयोजक कमल बोहराको नेतृत्वमा केही महिनाको लागि यो सामाजिक जनचेतनामूलक कार्यक्रममा स्वयंसेवक परिचालन गरिएकाे जानकारि संयाेजक बाेहरा दिए ।

कर्णाली प्रदेशकाे बिरेन्द्रनगर सुखेत र नारायण नगपालिका द‌ैलेखमा याे जनचेतनामुलक सन्देश कार्यक्रम संचालन स्काउट नेपाल कर्णाली प्रदेश समिति ले संचालन गरेकाे समेत उल्लेख गरे

प्रतिक्रिया