कर्णालि स्वास्थ विज्ञान प्रतिष्ठानकाे कार्यवाहक उपकुलपतिकाे जिम्मेवारी डा. मंगल रावललाई ।

जयपती ढकाल

-कर्णाली – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत संचालित तीनवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकाल आइतबारदेखि सकिएको संगै
कर्णालि स्वास्थ विज्ञान प्रतिष्ठानकाे कार्यबाहक उपकुलपतिकाे जिम्मेवारी डा. मंगल रावलले पाएका छ्न ।

चारवर्ष अघि नियुक्त भएका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति  प्राडा भरत कुमार यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा वुद्धि बहादुर थापा  र कर्णाली  स्वास्थ्य  विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएको हो।

उनीहरुको चार वर्षको कार्यकाल सकिएसँगै सोमबारदेखि तीनै वटै प्रतिष्ठानको उपकुलपतिको पद रिक्त रहेकोले कार्यवाहक उपकुलपतिमा डा रावल नियुक्त गरेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत संचालित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तीका लागि स्वास्थ्य मन्त्रालयले सर्च कमिटि गठन गरी उपकुलपति नियुक्तीका लागि आवेदन खुला गरेको थियो ।

 
प्रतिष्ठानका सहकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिले प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया