कठिन बन्दै नेपाली भाषा

हाम्रो घरपरिवार , छरछिमेकमा बालबालिकाले नेपाली विषय झिके भने यो नेपाली पढेर के गर्छस ?भबिष्यमा छन्दे गुरुवा बन्ने भन्ने जस्ता प्रश्नहले गर्दा ति बालबालिका नेपाली भाषालाई दोस्रो प्राथामिक्तामा राख्न बाध्य भएका छन । यो कुरा अभिभााबकले कहिले बुभ्ःने वक्तित्वकला, वादविदाद, निवन्ध, लेखन भाग लिने विधार्थी खोज्नु भनेको समुन्द्रबाट मोति खोजेर ल्याउनु बराबर भईसकेको छ ।नेपली र अंग्रेजी भाषा नमिसाईकन शुद्द नेपाली बोल्न नजान्ने यस विकराल परिस्थितिको अन्त्यका लागि कस्ले पहल गर्ने यसो हुनुमा विधार्थीको कुनै दोस छैन दोष नेपाली जीवनमा सिकाइएको हो ।

बालबालिका हिन्दी कार्टुन भनेपछि हुरुक्कै हुने, युवा पुस्ता अङग्रेजी हिन्दी,कोरियन सिनेमा भनेपछि मरिहत्ते गर्ने ,अनि घरको टेलिभिजनमा नेपाली च्यानल बिरलै खोलिन्छ । यस्को प्रत्यक्ष असर नेपाली भाषा सिक्दै गरेका बालबालिकालाई परेको छ ।परीक्षामा नेपालको सबभन्दा अग्लो हिमाल कुन हो ? भन्ने प्रश्नको उत्तरमा नेपालको सबसे बडा हिमाल माउन्ट एभरेष्ट हो भनि लेखेको धेरै उदाहरण छन् ।के यो सोचनिय विषय होईन र ? सरकारी विद्यालयका विद्यार्थीले त शुद्द बोल्लान तर अङग्रेजी माध्यममा पढाईने विद्यालयका करिव ५० प्रतिसत बिधार्थीले शुद्दसंँग नेपाली पढन्  एक अनुच्छेद पनि शुद्दसँग वयान गर्न सक्कदैनन् । जब कक्षामा भाषा शुद्द छैन भने लेखन भाषा शुद्द हुने कुरा त कल्पना गर्न पनि सकिदैन ।

जब कक्षा भाषा शुद्द छैन भने लेख्य भाषा शुद्द हुने कुरा त कल्पनै गर्न सकिन्न । नेपली भाषा भविष्यमा नेपाली विषय शिक्षकको पनि अभाब हुने देखिन्छ  । नेपाली सिकाउन विदेशीहरु आयात गर्नुपर्ने अबस्था नआउला भन्न सकिन्न । किनकि नेपालले बिर्सिसकेको संस्कृतिक भाषालाई विदेशीहरुले अपनाउन र बिश्वविधालयहरुमा अध्ययन र अध्यापन शुर गर्न थालिसकेका  छन ।समस्याका विषयमा जति लेखेपनि कम हुन्छ ।

नेपालमा स्नातक तहसम्मका नेपली विषयको पढाई हुन्छ तर कतिपय विधार्थीहरुलाई शब्दकोशमा क्ष, त्र ,ज्ञ कहाँ हुन्छ थाहा हुदैन । यसमा गल्ति बिधार्थीको होईन । नेपाली शिक्षण पद्दतिको हो । नेपाली विषयलाई बिद्यालयले नै दोस्रो प्राथामिकतामा राखेको पाईन्छ । कतै कतै नेपाली शिक्षकलाई पनि दोषी ठहरयाइएको छ । जुन जिब्राले जे सहज मान्छ त्यहि भाषालाई मानक भाषा मानिन्छ । सहज बनाउने प्रयासमा भाषा बिदहरुबाट धेरै परिवर्तनका प्रयास नभएका होईनन । यस्ता प्रयासले नेपाली भाषा झन् जटिल र बिवादास्पद बन्न पुग्यो । नेपाली भाषाप्रति रुचि घटाउनुमा कारण त धेरै छन तर प्रमुख कारण जति लेखेपनि परीक्षामा अङ्क कम आउनु हो । अङक कम आउने कारणको सन्दर्भमा तर्क त अनेक छन तर न्यायसंगत करण भने कसैसँंग छैन यसमा सम्वन्धित पक्षको ध्यान जानु जरुरी छ । 

नेपाली भाषालाई रुचिकार बनाउने दायित्व राष्ट्को मात्र होईन विद्यालय शिक्षक, अभिभाबक अनि विधार्थी स्वयमको पनि हो । यसमा सबै जना सजक र सचेत हुनु जरुरी छ । नेपाली भाषा बिषयको सन्दर्भमा नेपालको शिक्षण पद्धतिमा सुधार ल्याउनु प्रमुख आबश्यकता भएको छ । यस विषयमा ध्यान दिईएन भने नयाँ पिँढि लाई नेपाली भाषा फलामको चिउरा बन्नेमा दुईमत छैन । नेपाली भाषा राष्ट्र भाषा हो । यो भाषा नेपाल लगायत भारत ,भुटान , र बर्माका केहि  भागमा मातृभाषका रुपमा बोलिन्छ । नेपाली भाषा  सरकारी कामकाजको भाषा पनि  हो । यो भाषा नेपालका अधिकांश भाषा परिवार अन्तर्गत पर्दछ । देबनागरी लिपिमा  लेखिने यो भाषा दुई किसिमका वर्णमाला छन । स्वर वर्ण र व्यञ्जन वर्ण रहेका छन् । नेपाली भाषा पहिले खस्  पर्वत , गोर्खाली आदि नामले चिनिने गर्थ्यो ।

नेपाली भाषाको छुट्टै विशेषता छ । हरेक राष्ट्रले आफ्नो राष्ट्र भाषालाई पहिलो प्राथामिकतामा राखेको हुन्छ । बिगतमा भने नेपाली भाषाको प्रयोगमा एक किसिमको आत्मियता , प्रेम थियो । चाहेँ साहित्य होस वा कला , चाहे पत्रकारीता नै किन नहोस नेपाली भाषालाई अन्यन्त गर्वका साथ प्रयोगमा ल्याइन्थ्यो तर विडम्बना  हाल आएर नेपली भाषालाई नेपाल सरकारलेनै  महत्व घटाएको  कुरामा दुई मत  छैन् ।

यस भाषालाई नेपाली समाजले पनि  बेवास्था गरेको कुरालाई नकार्न सकिन्न ।  कारण बिभिन्न छन् बालबालिका ,युवा, बृद्व , महिला ,पुरुष नै किन नहून सबैमा नेपाली भाषा प्रतिको मोह घटेको छ तोते बोल्दै टवीङकल ट्वीङकल लिटिल स्टार ……., । जोनि जोनि यस पापा….., गाएका नानीहरुले नेपली भाषालाई कुन स्थानमा राख्लान् ? यो विषयलाई गहिराईमा सोचेका छौँ हामिले ?
समयको मागअनुसार अंग्रेजी वा अन्य कुनै भाषा सिक्नु आवश्यक हुन्छ तर अन्य भाषा सिक्ने होडबाजिमा आफनो भाषालाई ओझेलमा पर्न दिनु हुदैन । विडम्बना भनौ , बाध्यता भनौँ समयको माग आफ्ना नानीहरुले पढन बस्दा यस भाषाको उच्चारण कम गरेका हुन्छन् । यसमा सबै सरोकारवालाको ध्यान हुनु जरुरी देखिन्छ ।

Loading…

प्रतिक्रिया