औषधि उपचार काम बाहेकको अवस्थामा सीमावर्ती क्षेत्रमा जान कडाइ गरिने

नेपालगन्ज : कोरोना महामारीको दोस्रो लहरको चर्चासंगै संक्रमणलाई रोक्नका लागि भारतीय बजार रुपैडियामा किनमेलकालागि जान रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले गरेको छ ।

त्यसैगरी कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठ वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण लगायतका आबश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले आज बसेको बैठक पछि निर्देशन दिएको छ ।

बैठकको निर्णय अनुसार समितिले जमुनाहस्थित सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा गर्न निर्देशन समेत दिएको छ । जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य परिक्षणको काम शुरू भएको छ ।

सिडिओको अध्यक्षतामा बसेको समितिको बैठकले भारतबाट आएका नागरिकलाई जेकजाँच गरि १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने, भेरी अस्पताल लगायकता स्वास्थ्य संस्थामा रहेका आइसोलेसनलाई प्रभावकारी बनाउने लगायतका ७ बुदे निर्णय समेत गरेको कोभिड फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

भारतमा कोरोना संक्रमण बढेपछि यतबेला आम नागरि नेपाल फर्किन थालेका छन । नेपाल फर्किएका केहीमा समेत कोरोना संक्रमण देखिएको छ । यसले पनि बाँके जिल्ला उच्च जोखिमा रहेको छ ।

हेर्नुहोस् निर्णय :

प्रतिक्रिया