ईन्टरनेशनल क्लब टुव्युङ प्रोजेक्ट र नेपालगन्जका ५ लियो क्लबको वृक्षरोपण कार्यक्रम सम्पन्न ।


नेपालगन्ज –ईन्टरनेशनल क्लब टुव्युङ प्रोजेक्ट लियो मल्टिपल जिल्ला ३२५ नेपाल लियो मल्टिपल ३०६ श्रीलंकाले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले वातावरण स्वच्छताको लागि विभिन्न देशमा २१०००हजार बोटबिरुवा रोप्ने उदेश्यका साथ वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

इन्टरनेसनल क्लब टुव्युङ प्रोजेक्ट लियो मल्टिपल जिल्ला ३२५ नेपाल र लियो मल्टिपल जिल्ला ३०६ श्रीलंकाको आयोजना र लियो क्लब अफ नेपालगन्ज ,लियो क्लब अफ नेपालगन्ज खजुरा ,लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ ,लियो क्लब अफ नेपालगन्ज बजार ,लियो क्लब अफ नेपालगन्ज बागेश्वरी क्लबको सहकार्यमा वृक्षरोपण कार्यक्रम गरिएको हो ।

स्वच्छ वातावरण बनाउन सामाजिक क्षेत्रमा एकदमै अग्रसरतामा रहेका नेपालगन्ज बाँकेका क्लबहरु संग सहकार्य गरेर वृक्षरोपण र सरसफाइ कार्यक्रम गरिएको इन्टरनेसनल क्लब टुव्युङ प्रोजेक्ट लियो मल्टिपल जिल्ला ३२५ नेपाल र लियो मल्टिपल जिल्ला ३०६ श्रीलंका यस कार्यक्रम नेपालगन्जकि कार्यक्रम कोडि-नेटर बिमला श्रेष्ठले जानकारी दिनु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका पालिका वडा नम्बर ०९ स्थित रामलिला मैदान करिब २७ बटा बिरुवा लियो क्लब अफ नेपालगन्जका अध्यक्ष प्रकाश कुँवर र अधिवक्ता पुर्ण प्रसाद ढकाल राजनीतिकर्मी समाजसेवी र सबै लियो क्लबका प्रतिनिधिहरुको उपस्तिथिमा मैदानमा वृक्षरोपण गरिएको थियो ।

सो कार्यक्रममामा हेमन्त राज काफ्ले हरियो एक्टिभिटि
सरोबार प्रासीयन- लायन्स ३२५ बि २ नेपाल जोन अध्यक्ष
राजन राना मगर नेपालगन्ज शहरका लायन्स क्लबका उपाध्यक्ष पूर्ण ढकाल अधिवक्ता कार्यक्रम संयोजक – बिमला श्रेष्ठले सम्पुर्ण सहभागीहरु लाई बधाई तथा खुसी व्यक्त गरेका थिय ।

उक्त कार्यक्रममा जनता समाजवादी पार्टी जिल्ला उपाध्यक्ष राजन राना मगरले कुनै पनि कार्यक्रम भए आफुले ब्यक्तिगतरुपमा लियो क्लबको ब्यानर बनाउने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

नेपालगन्ज रामलिला मैदानमा मायाको चिनो स्वरुप हरियो एक्टिभिटीका संयोजक हेमन्त राज काफ्लेले लियो क्लब अफ नेपालगन्जका अध्यक्ष प्रकाश कुँवरलाई प्रशंसानिय कामको लागि निमको बोटले स्वागत गर्नु भएको थियो ।

सो बोटलाइ अध्यक्ष कुँवरले सुरक्षितरुप वृक्षरोपण गरि आफुले दिनको एक चोटि बोटबिरुवालाइ पनि हेरचाह गर्ने बताएका छ्न।

सोही अनुसार, क्लबले आजैका दिन विभिन्न देशका कार्यालयहरुले आयोजना गरि विरुवा रोपी यस वर्षको विश्वले अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

प्रतिक्रिया