आन्दोलनरत उखु किसानको माग पूरा गर्न सरकारसँग अनेरास्ववियूका सह संयोजक तामाङको माग

अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति मार्फत सरकारले उखु किसानको माग अविलम्व पूरा गर्न माग गरिएको छ ।

अनेरास्ववियूले अनेक दु:ख र कष्ट झेलेर उत्पादन गरी विक्री गरेको उखुको मुल्य नपाएर विचल्लीमा परेका उखु किसानहरुलाई समर्थन गर्ने जनाउँदै पटक पटक आफुले बेचेको उखुको मूल्य पाउन आन्दोलन गर्नु बिडम्बना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा किसानहरुलाई स्वयं राज्यले नै संरक्षण , प्रोत्साहन र प्रवर्द्धन गर्नु पर्ने हो । तर उल्टो आफूले विक्री गरेको उखुको मूल्य समेत नपाएर उखु किसानहरु सडक सङ्घर्षमा उत्रिनुपर्ने स्थिति अत्यन्तै खेदजनक रहेको उल्लेख गरिएको छ । उखु किसानले अघिल्लो वर्षको आन्दोलनमा सरकारसँग गरेको सहमतिलाई सरकारले पालना नगरेका कारण अहिले यो जाडोमा आन्दोलन गर्नुपर्ने बाध्यता भएको तामाङले बताए । उनले सरकारले किसानलाई प्रोत्साहन गर्नुपर्ने बेला आन्दोलनमा उत्रिन बाध्य बनाएको पनि आरोप लगाएका छन् ।

तत्काल उखु किसानहरूको सम्पुर्ण मागहरु पूरा गर्न , गराउन र उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालिन समाधान खोज्न नेपाल सरकार र अन्य सम्वद्ध निकायलाई अनेरास्ववियूद्वारा जोडदार माग गरिएको छ।

प्रतिक्रिया