आड्रा नेपालले ६०० सय थान भिटिएम र २०० थान थर्मामिटर हस्तान्तरण

नेपालगन्ज : बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आज आड्रा नेपालले ६०० सय थान भिटिएम र २०० थान थर्मामिटर हस्तान्तरण गरेको छ ।

ADRA नेपालले जिल्ला काेभिड-१९ संकट ब्यबस्थापन केन्द्र (DCCMC) लाइ ६०० थान VTM र २०० थान डिजिटल थर्मामिटर सहयोग स्वरूप प्रदान गरेको बाँके जिल्ला कोभिड फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

आज प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले उक्त सामाग्री बुझ्दै उक्त भिटिएम निशुल्क रुपमा PCR जाँच काे लागि र थर्मामिटर आइसोलेसनमा रहेका बिरामीहरुको  ज्वरो नापका लागी आइसोलेसन अस्पताल र केन्द्रमा उपयोग गरिने बताउनुभएको  छ ।उक्त सामाग्री आड्रा नेपालका परियोजना संयोजक तर्क बहादुर थापाले प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गलाई हस्तान्तरण गर्नुभएको थियोे ।

यसभन्दा अघि पनि ADRA नेपालले जिल्ला काेभिड-१९ संकट ब्यबस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको ADRA नेपालका परियोजना अधिकृत यमराज खड्काले बताउनुभयो ।

तस्बिर सौजन्य: नरेशबाबु श्रेष्ठ

प्रतिक्रिया