आज राति १२ बजे देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले आज बसेको बैठकको निर्णय अनुसार पेट्रोलको मूल्यमा फेरि  वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको हो।  अब पेट्रोलको मूल्य लिटरमा १ सय ७ रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही हेराफेरी गरिएको बताए ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।  


Loading…

प्रतिक्रिया