आज मौसममा बदली हुनसक्ने, यी भागमा पानी पर्ने सम्भावना

आज मौसममा बदली हुनसक्ने बताइएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 
मंगलबार जारी पूर्वानुमानका अनुसार आज देशभर कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।

महाशाखाका अनुसार हाल  देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ।

यसैगरी, मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेशमा आंशिक बदली हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । 

साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै, आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया