
नेपालगंज : आज बाँकेमा ८ जनामा थप कोरोना पुष्टि भएको छ। बाँकेका कोभिड १९ फोकल पर्सन तेज वलीले दिएको जानकारी अनुसार आज भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा २ जनामा र बागेश्वरी डाइग्नोष्टिक सेण्टरमा गरिएको परीक्षणमा ० जना गरेर ८ जनामा कोरोना पुष्टि भएको हो ।
आज देखिएका ६ महिला र २ पुरुष गरेर ८ सहित बाँकेमा कोरोना संक्रमणको सङ्ख्या ४ हजार ५ सय ६३ जना पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या बाँके जिल्लाका ४९ जना र बाहिरी जिल्लाका बाँकेमा उपचार गराउदा गराउदै मृत्यु हुनेको सङ्ख्या ८४ जना पुगेको छ ।
एकतातिर बाँकेमा दिन प्रतिदिन कोरोना संक्रमणको सङ्ख्या बढिरहेको छ भने कोरोना भाइरस (कोभिड १९) लाई जितेर घर फर्कनेको संख्या पनि उत्तिकै छ । आज ९ जना घर फर्किए संगै आज सम्म बाँकेमा कोरोना जितेर घर फर्कनेको संख्या ४ हजार ४ सय २० जना रहेका छन् भने ९४ जना जिल्लाको विभिन्न आइसोलेसना सेन्टरहरुमा उपचारार्थ रहेका छन् ।