आज बाँकेमा ६० जना डिस्चार्ज हुदै : योसंगै डिस्चार्ज हुनेको सङ्ख्या १ हजार १ सय ९२

बाँकेमा कोरोना भाइरसको सङ्ख्या बढ्दै गइरहेको बेलामा कोरोनालाई ( कोभिड १९) लाई जित्नेको सँख्या पनि  दिनप्रतिदिन  बढ्दै गएको छ । आज  ६० जना कोरोनालाई जितेर घर फर्कदै छन् । जस अन्तर्गत १९ जना महिला र ४१ जना पुरुष  रहेका छन् ।  यो संगै १ हजार १ सय ९२ जनाले कोरोना भाइरसलाई पराष्त गरेका छन् ।

शुक्रबार 2 गते  ६० जनालाई डिस्चार्ज गर्न लागिएको  स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म बाँकेमा १ हजार  ५ सय ४६ जना कोरोना संक्रमित भएका छन् ।

कोरोना परीक्षणको रिपोर्टमा पुष्टि भएपछि उनिहरुलाई गत भदौ १८ गते आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । बाँकेका विभिन्न आईसोलेशनमा राखिएको १४ दिनपछि डब्लुएचओ स्वास्थ्यको  मापदण्डअनुसार  उनीहरूलाई  डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जनाउनु भएको छ । अब विभिन्न आइसोलेसनमा  ३ सय ४८ जना उपचारार्थ रहेका छन् भने हालसम्म कोरोनाका कारण बाँके जिल्लामा ९ जनाको मृत्यु भइसकेको छ ।

बाँके जिल्लामा रोगको  प्रकोप दरप्रति १०० मा  ०.२६ प्रतिशत, बिरामीको मृत्यु दर ०.५८ प्रतिशत र बिरामीको निको हुने दर ७७.१० प्रतिशत रहेको छ ।
हेर्नुहोस् लिष्ट

प्रतिक्रिया