आज बाँकेमा ४२ जना डिस्चार्ज हुदै : योसंगै डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ७८ जना पुग्यो ।

बाँकेमा कोरोना भाइरसको सङ्ख्या बढ्दै गइरहेको बेलामा कोरोनालाई ( कोभिड १९) लाई जित्नेको सँख्या पनि  दिनप्रतिदिन  बढ्दै गएको छ । आज  ४२ जना कोरोनालाई जितेर घर फर्कदै छन् । जस अन्तर्गत १८ जना महिला र २४ जना पुरुष  रहेका छन् ।  यो संगै १ हजार ७८ जनाले कोरोना भाइरसलाई पराष्त गरेका छन् ।

मंगलबार   ३० गते  ४२ जनालाई डिस्चार्ज गर्न लागिएको  स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म बाँकेमा १ हजार  ४ सय ६९ जना कोरोना संक्रमित भएका छन् ।

कोरोना परीक्षणको रिपोर्टमा पुष्टि भएपछि उनिहरुलाई गत भदौ १६ गते आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । बाँकेका विभिन्न आईसोलेशनमा राखिएको १४ दिनपछि डब्लुएचओ स्वास्थ्यको  मापदण्डअनुसार  उनीहरूलाई  डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जनाउनु भएको छ । अब विभिन्न आइसोलेसनमा  ३ सय ८६ जना उपचारार्थ रहेका छन् भने हालसम्म कोरोनाका कारण बाँके जिल्लामा ८ जनाको मृत्यु भइसकेको छ ।

बाँके जिल्लामा रोगको  प्रकोप दरप्रति १०० मा  ०.२४ प्रतिशत, बिरामीको मृत्यु दर ०.५४ प्रतिशत र बिरामीको निको हुने दर ७०.८२ प्रतिशत रहेको छ ।
हेर्नुहोस् लिष्ट

Loading…

प्रतिक्रिया