आज बाँकेमा ३४ जना डिस्चार्ज हुदै : हेर्नुहोस् लिष्ट

बाँकेमा कोरोना भाइरसको सङ्ख्या बढ्दै गइरहेको बेलामा कोरोनालाई ( कोभिड १९) लाई जित्नेको सँख्या पनि  दिनप्रतिदिन  बढ्दै गएको छ । आज बाँकेमा १३ महिला र २१ पुरुष कोरोनालाई जितेर घर फर्कदै छन् । यो संगै २ हजार ७ सय १२ जनाले कोरोना भाइरसलाई पराष्त गरेका छन् ।

बिहीबार , कार्तिक  १३  गते  ३४ जनालाई डिस्चार्ज गर्न लागिएको  जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। हालसम्म बाँकेमा ३ हजार  ४० जना कोरोना संक्रमित भएका छन् ।

कोरोना परीक्षणको रिपोर्टमा पुष्टि भएपछि उनिहरुलाई गत कार्तिक  ३  गते जिल्लाका विभिन्न आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । जिल्ला कोभिड १९ रोकथाम तथा नियन्त्रण केन्द्र बाँकेको निर्णय अनुसार १० दिन पुगेका र विगत तिनदिन देखि कुनै लक्षण नभएका बिरामीहरुलाई  घरमा १ हप्ता छुट्टै बस्ने गरि डिस्चार्ज गरिएको  बताइएको छ ।

अब विभिन्न आइसोलेसनमा  ३ सय ९ जना उपचारार्थ रहेका छन् भने हालसम्म कोरोनाका कारण बाँके जिल्लामा ३० जनाको मृत्यु भइसकेको छ ।

बाँके जिल्लामा रोगको  प्रकोप दरप्रति १०० मा  ०.५१  प्रतिशत, बिरामीको मृत्यु दर ०.९९ प्रतिशत र बिरामीको निको हुने दर ८९.२१ प्रतिशत रहेको छ ।
हेर्नुहोस् लिष्ट

प्रतिक्रिया