आज बाँकेमा २९ जना डिस्चार्ज हुदै : डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ४ सय ६३ जना पुग्यो ।

बाँकेमा कोरोना भाइरसको सङ्ख्या बढ्दै गइरहेको बेलामा कोरोनालाई ( कोभिड १९) लाई जित्नेको सँख्या पनि  दिनप्रतिदिन  बढ्दै गएको छ । आज  २९ जना कोरोनालाई जितेर घर फर्कदै छन् । जस अन्तर्गत  जना १० महिला र १९ जना पुरुष  रहेका छन् ।  यो संगै १ हजार ४ सय ६३ जनाले कोरोना भाइरसलाई पराष्त गरेका छन् ।

सोमबार १२   गते  २९ जनालाई डिस्चार्ज गर्न लागिएको  स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । हालसम्म बाँकेमा १ हजार  ८ सय २१ जना कोरोना संक्रमित भएका छन् ।

कोरोना परीक्षणको रिपोर्टमा पुष्टि भएपछि उनिहरुलाई गत भदौ २९ गते जिल्लाका विभिन्न आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । बाँकेका विभिन्न आईसोलेशनमा राखिएको १४ दिनपछि डब्लुएचओ स्वास्थ्यको  मापदण्डअनुसार  उनीहरूलाई  डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जनाउनु भएको छ । अब विभिन्न आइसोलेसनमा  ३ सय ५३ जना उपचारार्थ रहेका छन् भने हालसम्म कोरोनाका कारण बाँके जिल्लामा १३ जनाको मृत्यु भइसकेको छ ।

बाँके जिल्लामा रोगको  प्रकोप दरप्रति १०० मा  ०.३० प्रतिशत, बिरामीको मृत्यु दर ०.७१ प्रतिशत र बिरामीको निको हुने दर ८०.३४ प्रतिशत रहेको छ ।
हेर्नुहोस् लिष्ट

प्रतिक्रिया