आज बाँकेमा १५ महिला सहित ४२ जना डिस्चार्ज हुदै

बाँकेमा कोरोना भाइरसको सङ्ख्या बढ्दै गइरहेको बेलामा कोरोनालाई ( कोभिड १९) लाई जित्नेको सँख्या पनि  दिनप्रतिदिन  बढ्दै गएको छ । आज  ४२ जना कोरोनालाई जितेर घर फर्कदै छन् । जस अन्तर्गत  जना १५ महिला र २७ जना पुरुष  रहेका छन् ।  यो संगै २ हजार २२ जनाले कोरोना भाइरसलाई पराष्त गरेका छन् ।

शनिबार कार्तिक  १ गते  ४२ जनालाई डिस्चार्ज गर्न लागिएको  स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । हालसम्म बाँकेमा २ हजार  ६ सय ३५ जना कोरोना संक्रमित भएका छन् ।

कोरोना परीक्षणको रिपोर्टमा पुष्टि भएपछि उनिहरुलाई गत असोज १७  गते जिल्लाका विभिन्न आईसोलेशन र होम आइसोलेसन भर्ना गरिएको थियो । बाँकेका विभिन्न आईसोलेशनमा राखिएको १४ दिनपछि डब्लुएचओ स्वास्थ्यको  मापदण्डअनुसार  उनीहरूलाई  डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जनाउनु भएको छ । अब विभिन्न आइसोलेसनमा  ६ सय ९ जना उपचारार्थ रहेका छन् भने हालसम्म कोरोनाका कारण बाँके जिल्लामा २९ जनाको र बाहिरी जिल्लाका उपचारका  क्रममा  १३ जनाको  मृत्यु भइसकेको छ ।

प्रतिक्रिया