आज बाँकेका १२ जनाले कोरोनालाई जितेर घर फर्कदै

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस महामारी समुदायमा फैलिदै गर्दा, कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको बेला कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या पनि उत्तिकै छ ।  आज १२ जना संक्रमित डिस्चार्ज भएर घर फर्कदै छन् ।

बाँकेका विभिन्न आइसोलेसनमा भर्ना भइ बसेका १ महिला र ११ पुरुष गरेर  १२ जना कोरोना संक्रमीत आज आइतबार  कोरोना जितेर घर फर्कन लागेको कोभिड १९ बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले दिएको अपडेट अनुसार बाँकेमा कोरोना संक्रमितको सङ्ख्या १४१९ जना, कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ९९६ जना, विभिन्न आइसोलेसनमा उपचार गराइरहेका ४२० जना र हालसम्म मृत्यु भएकाको सङ्ख्या ८ पुगेको छ । 
हेर्नुहोस् सुची:


Loading…

प्रतिक्रिया