आउदो शुक्रबारसम्म ४ दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शुक्रबारसम्म  विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको जनाइएको छ ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ । त्रिभुवन विश्वविद्यालयले पनि  सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया