आइसोलेसन बेडबाटै श्रीमती र छोरालाई जन्मदिनमा आश्रममा गएर सहयोग गर्न अनुरोध

नेपालगन्ज – कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा दिनरात नभनी खटिरहने, समाजसेवी, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा पूर्व नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आफू कोभिड १९ को संक्रमित भएर आइसोलेसनमा उपचारार्थ रहेकै अवस्थामा श्रीमती र छोराको आज परेको जन्मदिन कुनै आश्रममा गएर सहयोग गर्न अनुरोध  गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनको शुभकामना दिदै आफुले संगै मनाउन नपाएपनि दुवैलाई असहज महसुस नहुने गरी बालबालिकालाई सहयोग  हुनेगरी मनाउन सामाजिक सञ्जाल मार्फत श्रीमती र छोरालाई भनेका छन् ।

आफू कोभिड १९ संक्रमण भएको ७ दिन सम्म ठीक रहेको र चासो, जिज्ञासा राख्ने सबैलाई छिट्टै कोरोना मुक्त भएर सामाजिक कार्यमा जुट्ने बताएका छन् ।


Loading…

प्रतिक्रिया