अलोस्का रामारोशन मेडिकल हल नेपालगन्जको हप्ता पिक्षे नि:शुल्क स्वास्थ्य शिविर ।


नेपालगन्ज: प्रयास फाउण्डेशनले शैक्षिक गुणस्तर सुधार गर्न अतिरिक्त कक्षा लगायत चाहिने शैक्षिक सामाग्री समेत व्यवस्थापन गर्दै आईरहेका (६ देखि १४ वर्षसम्मका) २४ जना बालबालिकाहरुको आज शनिबार नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ । 

औद्योगिक क्षेत्र नेपालगन्ज नजिकै रहेको ओलस्का रामारोशन मेडिकल हल, प्रयास फाउण्डेशनको संयुक्त आयोजनामा सम्पन्न शिविरमा उनिहरुको स्वास्थ्य जाँच गरिएको रामारोशन मेडिकल हलका संचालक शन्तोष शाहले  बताउनुभयो ।

भेरी अस्पताल नेपालगन्जका बाल रोग विशेषज्ञ डा. विष्णु कुमार थापाले बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको हो । बालबालिकामा सिजनल राुघा खोकी, रगतको कमी, माइगे्रन, कुपोषण लगायतका समस्या देखिएको डा.थापाले बताउनुभयो ।

सुगम क्षेत्रका बालबालिका समेत विविध कारणले स्वास्थ्यको पहुचमा छैनन् , उनिहरुलाई स्वास्थ्यको पहुचमा ल्याउन जरुरी रहेको डा.थापाको भनाई छ । शिविरमा विभिन्न औषधी कम्पनीले निशुल्क औषधी सहयोग गरेको मेडिकलका सन्चालक शन्तोष शाहले बताउनुभयो।

प्रतिक्रिया