अर्थतन्त्र टोक्न पाएसी,मिठो भाषण ठोक्न पाएसी ।

कालेले गोरी नचिन्ने,रायोले तोरी नचिन्ने
हुदा हुदा बाउले अब छोरी नचिन्ने।

माया हरायो ,प्रेम हरायो डिप्रेसनमा पुगेर ब्रेन हरायो
अब ख्याल ख्यालैमा मेरो देशको फ्रेम हरायो ।।
के भन्नू र हजुर…..

कोही तनले दुःखी छन कोही धनले दुःखी छन्
बिनाकारण कोही अाफ्नो मनले दुखी छन।
सुुर्य देवको ताप धेरै छ,यहाँ अधर्मी को चाप धेरै छ
जति अास्था राखे पनि,पुण्य भन्दा पाप धेरै छ।।
के भन्नुर हजुर ….

छेउमा कुर्सी नहुदा,बोटमा फर्सी नहुदा
बाहिरी हासो के गर्नु,भित्री मनमा खुसी नहुदा ।
अर्थतन्त्र टोक्न पाएसी,मिठो भाषण ठोक्न पाएसी
दिउसै निदाउछन यहाँ,अाफ्नै भुडी छोप्न पाएसी।।
के भन्नुर……

भन्नेले भन्दै गर्या छ,भित्र जरा खन्दै गर्या छ
अन्तमा अाफै बल्झिने,माकुरो झै जालो पनि बुन्दै गर्या छ।

पहिले हेल्लो हाई भनेर ,तपाई हैन मेरो अाफ्नै भाई भनेर
अनलाइन मै घुम्छ दुनियाँ ,अोके बेबी हुन्छ अब बाई भनेर।।
के गर्नु र ……..यो कलि यु गैमा

प्रतिक्रिया