अप्टिमिष्ट क्लब अफ नेपालगन्जका पदाधिकारीहरुलाई अनलाइन जुमबाट शपथ


नेपालगन्ज : आशा र सकारात्मक दृष्टिकोणलाई बढवा दिने उद्धेश्यले संसार भर सामाजिक कार्यमा क्रियाशिल अप्टिमिस्ट क्लव नेपालगञ्जमा गठन भएको अप्टिमिष्ट क्लब अफ नेपालगन्जका   पदाधिकारीहरुलाई अनलाइन जुमबाट शपथ  खुवाइएको छ ।

आशावादी सोचले असल युवा, असल समुदायका साथै समाजमा अग्रगामी रुपान्तरण ल्याउँछ भन्ने सोचका साथ अन्तराष्ट्रिय स्तरमा स्वयंसेवि संस्थाको रुपमा स्थापित अप्टिमिस्ट ईण्टरनेशनलमा आवद्ध हुने गरि नेपालगञ्जमा रमेश सिटौलाको अध्यक्षतामा  क्लब गठन भएको हो ।

नेपालमा बिराटनगर, दाँग, हेटौंडा, ईलाम, कञ्चनपुर, काठमाण्डौं, ललितपुर, मंगलवा, मोरंग, नवलपरासी, नवलपुर, पर्वत, पोखरामा गरि १६ वटा मात्रै क्लब रहेका छन् भने १७ औं शाखाको रुपमा स्थापित अप्टिमिस्ट क्लब अफ नेपालगञ्ज रहेको छ ।

क्लब स्थापना भएकै अवसरमा क्लबले आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई  दुई दिन अघि १५ थान पिपिई सेट सहयोग  हस्तान्तरण गरेको थियोे । आज साझ ८ बजे क्लबको बारेमा प्रशिक्षण तथा नव गठित सम्पूर्ण पदाधिकारीहरुलाई अनलाइन जुम मार्फत अप्टिमिष्ट इन्टरनेशनलका डाइरेक्टर  जिम बोयडले शपथ खुवाएका हुन् ।

प्रतिक्रिया