अन्य पार्टी परित्याग गरि पाँच दर्जन कार्यकर्ता राप्रपा प्रवेश ।


जयपती ढकाल -नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले गरेको कार्यक्रममा अन्य पार्टी परित्याग गरि राष्ट्रिय प्रजातान्त्रिक पार्टी (रा प्र पा) प्रवेश गरेका छ्न ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको संगठन बिस्तारको क्रममा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको काम बिकास सिद्धान्तलाई मन पराइ पार्टीमा प्रवेश गर्नेको नेपालगन्जमा ओहिरो लागेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँके अध्यक्ष हुकुम के सि को नेतृत्वमा आज नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ मा अन्य पार्टी परित्याग गरि रा प्र पामा ६० जना प्रवेश गरेको युवा संघ बाँकेका अध्यक्ष हुकुम केसिले बताएका छ्न ।

उक्त कार्यक्रममा कुनै स्वार्थ र लोभ लालक्षनाको रुपमा भन्दा पनि राप्रपा ले गरेको काम बिकास र अहिले ल्याएको परिवर्तन फोहरि शहर नेपालगन्ज चिनिने शहर लाई आमूल परिवर्तनको आधारमा पार्टी प्रवेश गरेको नयाँ प्रवेशिले बताएका थिए ।
सो कार्यक्रममा प्रमुख अथिती नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शमशेर राणाले नयाँ प्रबेशिलाइ स्वागत गरेका थिए ।

अबको परिवर्तन र बिकास समृद्ध निस्वार्थरुपमा नेपालगन्जको बिकास र राष्ट्र भक्त सच्चा देशको माया गर्नेलाइ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेले स्वागत गर्न तत्पर रहेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेका सचीव अरुण शर्माले बताए थिए ।

प्रमुख अतिथी डा धवल शमशेर राणस राष्ट्रिय प्रजातान्त्रिक नगर युवा संगठन नेपालगन्ज कार्यसमिति अध्यक्ष रबि संकर बर्मा रा प्र पा केन्द्रिय सदस्य ऋषि राज देवकोटा,पार्टीका पदाधिकारी कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो ।

प्रतिक्रिया