अन्जु र साहितको अभिनयमा “नरोउ है सानु” सार्वजनिक (भिडियो)

नेपालगन्ज : पछिल्लो समय तीजको महोल भएतापनि अन्य गीत संगीतहरु बजारमा आइरहेका छन् । केही राम्रा गीतहरुलाई दर्शक स्रोताले राम्रै रुचाएका पनि छन् । यसैबीच, शुक्रबार एउटा फरक खालको गीत सार्वजनिक भएको छ।

सार्वजनिक “नरोउ है सानु” बोलको गीतमा ऋषि थापाको मर्मस्पर्शी शब्द, संगीतसंगै सुमधुर स्वर रहेको छ। गीतका प्रत्येक शब्दहरूले सुन्ने जोकोहीको मन छुने गर्छन् । गीतको अडियो अब्बल छ। आर्थिक समस्याका कारण आफ्नो परिवार अनि देश छोडेर विदेशिनु परेको युवाको पिडा एवम् कथालाई गीतमा उठान गरिएको छ।

गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक बनेको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा सामाजिक अभियन्ता एवम् कलाकार साहित सिङ ठकुरी, अन्जु कुश्मी र दोर्जेको अभिनय देख्न सकिन्छ । साहितले भिडियोमा गरेको अभिनयले दर्शको मन छुने गर्छ। गीतको भावमा डुबेर साहितले अभिनय गरेका छन् । भिडियोमा उनको अभिनय जीवन्त छ। साहितसंगै अन्जु र दोर्जे लगायतको अभिनयले पनि भिडियोमा थप आकर्षकता थपेको छ।

भिडियोलाई साहितले नै निर्देशन गरेका हुन् । साहितले भिडियोमा गज्जबको स्क्रिन प्ले गरेका छन् । बाँकेका विभिन्न स्थानहरूमा भिडियोको छायांकन गरिएको हो। भिडियोलाई रामु चौधरीले खिचेका हुन् । भने, भिडियोको सम्पादन पनि रामुले नै गरेका छन् ।

भिडियो साहित सिङ ठकुरीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…

Loading…

प्रतिक्रिया