अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा जोशी

नेपालगन्ज : तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबिच  लामो समयपछि बाँकेले हिजो सम्पूर्ण कमिटीलाई पूर्णता दिएको छ ।अनेरास्ववियू  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा ध्रुव जोशी (बुलबुल) मनोनीत भएका छन् ।

जिल्ला संयोजक सुरेन्द्र जङ्ग शाह जम्बो र सह संयोजक टेकेन्द्र मल्लले आज हस्ताक्षर गरेर साविक का दुवै संगठनबाट अनेरास्ववियु जिल्ला कार्यसमितिमा  क्रान्तिकारीबाट ३० जना र अनेरास्ववियुबाट ३१ जना मनोनीत गर्नेगरी टुङ्गोमा पुर्याइएको थियोे ।

जोशी २०६८ साल देखि क्याम्पसमा साविक अनेरास्ववियु क्रान्तिकारीको  सक्रिय  राजनीति गर्दै  आएका छन् । उनलाई एक नीडर विद्यार्थी नेताका रुपमा सबैले लिने गरेका छन् । त्यसैगरी सह संयोजकमा सबिता सुनार मनोनीत भएकी छिन् ।

प्रतिक्रिया