अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पसले नव नियुक्त क्याम्पस प्रमुखलाई सम्मान

नेपालगन्ज -त्रिभुवन विश्वविद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्खरै नव नियुक्त हुनु भएको क्याम्पस प्रमुख लालमणि आचार्यलाई आज अनेरास्ववियूले एक कार्यक्रम गरि स्वागत गरेको छ ।

क्याम्पसको खप्तड स्वामी सभाहलमा भएको कार्यक्रमको अध्यक्षता ध्रुव राज जोशी, अतिथिहरुमा अनेरास्ववियू बाँकेका संयोजक सुरेन्द्र जङ्ग शाह जम्बु, सह संयोजक टेकेन्द्र मल्ल, केन्द्रीय सदस्यहरु भिमराज खरेल, सुर्य प्रकाश घर्ती, सुरेन्द्र बिष्ट लगायतको उपस्थिति रहेको विद्यार्थी नेता लोकेश शाहले बताए ।

उक्त औपचारिक कार्यक्रम विद्यार्थी नेता प्रकाश बि-क-ले चलाएका थिए । कार्यक्रम अनेरास्ववियू बाँकेका संयोजक र सह संयोजक दुवैले नव नियुक्त हुनुभएको क्याम्पस प्रमुखलाई सफल कार्यकालको कामना सहित स्वागत गरेका थिए । स्वागत मन्तव्य विद्यार्थी नेता लोकेश शाह र इन्द्र बस्नेतले गरेका थिए । क्याम्पस प्रमुखले सबै संग हातेमालो गरेर काम गर्ने बताए ।

Loading…

प्रतिक्रिया