अनेरास्ववियू बाँकेले बुझायो नगर शिक्षा प्रमुखलाई ज्ञापनपत्र

नेपालगन्ज : कोभिड १९ का कारण  लामो समय देखि पठनपाठन ठप्प रहेको अवस्थामा बाँकेमा पनि बन्द अवस्थामा रहेका विद्यालयहरुमा स्वास्थ्यका सामाग्रीहरु प्रयोग गरि विद्यालय खोल्नका लागि अनेरास्ववियू बाँकेले नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुखलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापनपत्रमा बाँकेका केही विद्यालयहरुले अभिभावकहरुलाई छोराछोरी विद्यालय  पठाउन कबुलियतनामा गर्नुपर्ने भनेर दवाव दिएको कुरा मिडियामा आएको भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालयहरुले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर, भौतिक दुरी कायम गराएर, विद्यार्थी सङ्ख्याको आधारमा सिफ्टमा आलोपालो पठनपाठन गराउन विद्यार्थी संगठनले माग गरेको छ ।

अनेरास्ववियू बाँकेका संयोजक सुरेन्द्र जङ्ग शाह जम्वो र सह संयोजक टेकेन्द्र मल्लले संयुक्तरूपमा हस्ताक्षर गरेर निकालेको ज्ञापनपत्र नगर प्रमुखलाई बुझाउदै यो अभियान जिल्लाका सबै स्थानीय तहमा बुझाउने कार्यक्रम रहेको सह संयोजक मल्लले बताए ।
हेर्नुहोस् ज्ञापनपत्र :


प्रतिक्रिया